Skip to content

follow us

baglungkhabar.tv

20th January 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पाल्पा दुर्घटना अपडेट : आठ जनाको मृत्यु

bk logo final png
  • बागलुङ खबर
  • १ फाल्गुन २०८०, मंगलवार १९:५२

तानसेन, १ फागुन । पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रभासका सचिव कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

मंगलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटना भएको थियो। दुर्घटनाका मृतक र घाइते अधिकांश चिदिस गाउँका रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो ।

अत्यधिक लोडका कारण दुर्घटना भएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो। क्षमताभन्दा बढी लोड र उकालोमा सवारीसाधनले थाम्न नसक्दा ब्याक भएर दुर्घटना भएको उहाँको भनाइ छ । मृतकको पहिचान गर्ने कार्य भइरहेको छ भने घाइतेको प्रभावकारी उपचारका लागि अस्पतालसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको तिनाउ ६ का वडा अध्यक्ष टोमबहादुर पुनले जानकारी दिनुभयो । घाइते र मृतकको उद्धार गरिएको उहाँले बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नेपाली ढाकाको डोरो, हाम्रो पहिचान (कविता)

ताराखोलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाईते

मुस्ताङका कृषक च्याङ्ग्रा बेच्न बजारमा

लोकप्रिय

दृष्टिविहीन महिला टि ट्वान्टी विश्वकप क्रिकेटको उपाधि भारतलाई, नेपाल उपविजेता

सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी

पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना पुष्टि

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

भर्खरै

निर्वाचन लक्षित छलफल गर्न बागलुङमा सर्वपक्षीय बैठक

महिला समूहलाई बाख्रा उपहार

धवलागिरि बहुमुखी क्याम्पसको ६३ औं वार्षिकोत्सब आजदेखि सुरु

धौलागिरी अस्पतालको ६७ औं वार्षिकोत्सब कार्यकम आजबाट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki