Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ओली–प्रचण्डबीच यस्तो भयो मौखिक सहमति, लिखित मस्यौदा बनाउन कार्यदल

  • ३० श्रावण २०७७, शुक्रबार १५:४८

काठमाण्डु – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको जारी विवाद अन्त्य हुने दिशातिर मोडिएको छ । बिहीबार र शुक्रबार अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्तापछि सहमतिको मौखिक खाका तयार भएको छ ।

अध्यक्षद्वयबीच भएको मौखिक सहमतिलाई मूर्त रूप दिन लिखित खाका बनाउने कार्यादेशसहित महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ । अध्यक्षद्वयले कार्यदल गठन गरेका हुन् ।

कार्यदलमा ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय दोस्रो तहका नेता छन् । ओली पक्षबाट महासचिव पौडेल र शंकर पोखरेल, प्रचण्ड पक्षबाट जनार्दन शर्मा र पम्फा भुसाल तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे र पछिल्लो समय कतै नलागेका नेता भीम रावल कार्यदलमा छन् । त्रिपक्षीय कार्यदलले बनाएको मस्यौदा नै नेकपा विवादको अन्त्य गर्ने खाका बन्ने नेकपा उच्च स्रोतले जनाएको छ ।

अध्यक्षद्वय ओली–प्रचण्डबीच भएको मौखिक सहमतिमा आगामी चैतमा पार्टी एकता महाधिवेशन गर्ने विषय मुख्य रहेको छ । महाधिवेशनको दिशातर्फ अगाडि बढ्न नै नेकपा शीर्ष नेताहरू सहमतिको बिन्दुमा आएका छन् । यसअघि उपाध्यक्ष वामदेव गौतमले गरेको ६ बुँदे प्रस्तावकै सेरोफेरोमा अध्यक्षद्वयबीच सहमति भएको छ ।

प्रधानमन्त्री ओली ५ वर्ष नै प्रधानमन्त्री रहने, महाधिवेशनसम्म प्रचण्डले पार्टीका काम कार्यकारी अधिकारसहित सम्हाल्ने, महाधिवेशनपछि ओलीले पार्टी अध्यक्ष छाड्ने, वैचारिक विषय सहमतिमा टुंग्याउने मौखिक सहमति दुवै अध्यक्षबीच भएको स्रोतले जनाएको छ ।

सरकारका कामलाई प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्ने, सरकार सञ्चालनका लागि सचिवालय बैठकबाट प्रधानमन्त्रीले परामर्श गर्ने र सुझाव लिने शर्त समेत सहमतिमा समावेश रहेको जनाइएको छ । मन्त्रिमण्डल पुनर्गठन गर्दा सरकारमा २ वर्ष पूरा गरिसकेका सबैलाई बिदा गर्ने र नयाँलाई जिम्मेवारी दिने सहमति समेत भएको स्रोतले जनाएको छ ।

संवैधानिक नियुक्ति, राजदूत र अन्य राजनीतिक नियुक्ति गर्नुअघि सचिवालय बैठकमा परामर्श गर्नुपर्ने शर्तलाई प्रधानमन्त्री ओलीले मान्नुपर्ने सहमति भएको छ । यसरी भएका पार्टीका कामलाई पार्टीले सहयोग, समर्थन, पक्षपोषण गर्नुपर्ने, पार्टी घोषणापत्रमा लेखिएका कुराहरूलाई सरकारको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने, पार्टीलाई विधि पद्धतिमा चलाउने सहमति समेत भएको छ ।

त्रिपक्षीय कार्यदलले आगामी २ दिनभित्र लिखित सुझाव दिएपछि सहमतिको खाका स्थायी कमिटी बैठकबाट अनुमोदन गरिने समेत स्रोतले जनाएको छ । कार्यदलको सिफारिसका आधारमा स्थायी कमिटी बैठक बस्नेछ । कोरोना भाइरस संक्रमण रोकथामका लागि पार्टी र सरकार प्रभावकारी रूपमा सक्रिय हुने विषयमा समेत अध्यक्षद्वयबीच छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीलाई बेवास्ता गर्दै एकलौटी रूपमा सरकार सञ्चालन गरेको आरोप लगाउँदै अध्यक्ष प्रचण्ड, नेता नेपाल लगायत शीर्ष नेताले राजीनामाको माग गरेपछि नेकपामा विवाद चर्किएको थियो । विवादकै बीच नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । अन्तिम बैठकले अध्यक्ष ओलीसँग वार्ता गरेर सहमति खोज्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki