Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कर्णाली प्रदेशमा पाँच कोरोना संक्रमित थपिए, सात भए डिस्चार्ज

  • ३० श्रावण २०७७, शुक्रबार १५:४१

शुक्रबार कर्णाली प्रदेशमा पाँचजना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल दैलेखमा पाँच सय ८१ जनाको स्वाब परीक्षण गर्दा पाँचजनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरिएको परीक्षणमा सल्यान वनगाड कुपिण्डे नगरपालिका– १ का २५ वर्षीय पुरुष, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्ला पातारासी गाउँपालिका– ६ का २३ वर्षीय पुरुष र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका– १ का १६ वर्षीय पुरुष, वडा नं. ७ का ३३ वर्षीय पुरुष, डुंगेश्वर गाउँपालिका– २ का ४६ वर्षीय पुरुष रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले प्रमुख वृषबहादुर शाहीले बताए ।

‘कर्णालीमा संक्रमितको संख्या दुई हजार ५७ पुगेको छ,’ उनले भने, ‘शुक्रबार प्रदेशभर पाँच सय ८१ जनाको स्वाव परीक्षण गर्दा पाँचजनामा कोरोना संक्रमण देखिएको हो ।’

त्यस्तै, शुक्रबार कर्णालीका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट सातजना डिस्चार्ज भएको महाशाखा प्रमुख शाहीले जानकारी दिए ।

‘कर्णालीबाट हालसम्म कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या एक हजार नाै सय आठ पुगेको छ,’ उनले भने, ‘हाल कोरोना सक्रिय संक्रमितको संख्या एक सय ४३ रहेको छ ।’

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki