Skip to content

follow us

baglungkhabar.tv

21st April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ कप : उपाधिका लागि कास्की र नवलपुर भिड्ने

bk logo final png
  • BAGLUNGKHABAR
  • २४ कार्तिक २०८०, शुक्रबार २१:१९

अर्जुन कार्की
बागलुङ, २४ कार्तिक । बागलुङमा जारी ‘बागलुङ कप’ टि२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि कास्की र नवलपुर भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा कास्की र नवलपुरले जित हात पार्दै फाइनलमा प्रवेश गरेका हुन् । कास्कीले स्याङ्जालाई ६ विकेटले हराउँदा नवलपुरले पर्वतलाई १० विकेटले पराजित गरेको हो ।

शुक्रबार विहान भएको पहिलो सेमिफाइनल खेलमा ९३ रनको विजयी लक्ष्य पछ्याएको कास्कीले १८ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । कास्कीलाई फाइनलमा पु¥याउनको लागि कप्तान विपिन खत्रीले कप्तानी इनिङ खेलेका थिए । उनले १८ बलमा २ चौका र २ छक्काको मद्धतले २५ रन बनाए । यस्तै किरण पौडेलले १५ रन बनाएभने अभिषेक थापाले अविजित १२ र सुवास भण्डारीले ११ रन बनाए ।

स्याङ्जाको लागि सन्दिप खत्रीले २ विकेट लिएभने अंकित न्यौपाने, आश्विनी राना र विपिनराज न्यौपानेले समान १–१ विकेट लिए ।

त्यसअघि बाङ्गेचौर खेलमैदानमा टस जितेर पहिले व्याटिङ गरेको स्याङ्जाले १९ ओभरमा ९२ रनमा अलआउट भएको थियो । स्याङ्जाको लागि सुजन गौतमले २५ र अंकित न्यौपानेले २२ रन बनाए ।

कास्कीको लागि कप्तान विपिन खत्रीले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । विपिनले प्रतियोगितामा लगातार ५ विकेट लिएका हुन् । उनले समुह चरणको अन्तिम खेलमा बागलुङ विरुद्ध ५ विकेट लिएका थिए । अभिषेक थापाले ३, सुवास भण्डारी र कृष्ण पौडेलले समान १–१ विकेट लिए ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा नवलपुरले पर्वतलाई १० विकेटले पराजित गर्यो । फाइनल प्रवेशको लागि ४१ रनको सामान्य लक्ष्य पछ्याएको नवलपुरले ४।१ ओभरमा कुनै विकेट नगुमाइ पुरा गर्यो । नवलपुरको लागि ओपनर रविन शर्माले १६ र गोविन्द विकले १३ रन बनाए ।

त्यसअघि टस जितेर पहिले व्याटिङ रोजेको पर्वतले १३।२ ओभरमा ४० रनमा अलआउट भएको थियो । खराब सुरुवात गरेको पर्वतको लागि तेस्रो नम्बरमा व्याटिङ गरेका विनोद नेपालीले १४ रन बनाए । पर्वतका ७ जना व्याट्सम्यानले खाता नखोली पबेलियन फर्केका थिए ।

नवलपुरको लागि कुमार रानाले ४ ओभरमा १ मेडन राख्दै ४ रन खर्चेर ४ विकेट लिए । सुदिप अर्याल र शिशिर भुषासले २–२ विकेट लिएभने स्विकार श्रेष्ठले १ विकेट लिए ।

बागलुङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । यस्तै विधागत तर्फ म्यान अफ दि सिरिजले १० हजार रुपैयाँ, वेष्ट व्याट्सम्यान र वेष्ट बलरले ५–५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ दि म्याच विजेताले १ हजार रुपैयाँ प्राप्त गर्ने संघका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङले पायो दुई मन्त्री

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

शाखा अधिकृत र नासुको परीक्षाको कार्यतालिका सार्वजनिक

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki