Skip to content

follow us

baglungkhabar.tv

19th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ कपः कास्की र नवलपुर समुह विजेता

bk logo final png
  • BAGLUNGKHABAR
  • २३ कार्तिक २०८०, बिहीबार २२:५०

 अर्जुन कार्की ।

बागलुङ बागलुङमा जारी गण्डकी प्रदेश स्तरीय ‘बागलुङ कप’ टी२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

बिहिबार समुह चरणका अन्तिम खेलमा जित निकाल्दै समुह ए बाट कास्की र समुह वि बाट नवलपुर समुह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेका छन् । समुह ए को अन्तिम खेलमा आयोजक बागलुङ जिल्ला क्रिकेट संघलाई ९ विकेटले पराजित गर्दै कास्की जिल्ला क्रिकेट संघ समुह विजेताको रुपमा अन्तिम ४ मा पुगेको हो ।

४४ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कास्कीले ५.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । कास्कीको लागि किरण पौडेलले २८ रनको अविजित इनिङ खेले । बागलुङको लागि अस्विन थापाले १ विकेट लिए । त्यसअघि बाङ्गेचौर खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बागलुङले ११.३ ओभरमा ४४ रनमा अलआउट भयो । बागलुङको लागि सन्देश खड्काले ८ रन, विश्व कार्की र लक्की सापकोटाले ६–६ रन बताए । बागलुङका पाँच जना खेलाडीले खाता समेत खोल्न सकेनन् ।

बागलुङलाई सस्तैमा समेटन् कास्कीका कप्तान विपिन खत्रीले ३.३ ओभार ८ रन खर्चेर ५ विकेट लिए । कृष्ण पौडेलले ३ विकेट लिए । कास्कीको जितसँगै पर्वत जिल्ला क्रिकेट संघ समुह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । पहिले खेलमा बागलुङलाई हराएको पर्वतले दोस्रो खेलमा कास्कीसँग पराजित व्यहोरेको थियो । आयोजक टिम बागलुङले खाता नखोली प्रतियोगिताबाट बाहिरिएको छ ।

यस्तै समुह वि बाट नवलपुर समुह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार स्याङ्जालाई ४ विकेटले हराउँदै नवलपुर समुह विजेता बनेको हो । १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको नवलपुरले १६.२ ओभरमा ६ विकेट गुमाएर पुरा पुरा गर्यो । नवलपुरको लागि ओपनर गोविन्द विकले ३८ बलमा ५० रनको अर्धशतकीय इनिङ खेले ।

स्याङ्जाको लागि सन्दिप खत्रीले ३ र आश्विनी रानाले २ विकेट लिए । टस जितेर पहिले व्याटिङ गरेको स्याङ्जाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । स्याङ्जाको लागि करण पंगेनीले २२ रन र अंकित न्यौपानेले १६ रन बनाए । नवलपुरको लागि सुदिप अर्याल, कुमार राना र अपरजित पौडेलले २–२ विकटे लिए । पराजित स्याङ्जा समुह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बागलुङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता अन्तरगत शुक्रबार सेमिफाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनलमा समुह ए को विजेता कास्की र समुह वि को उपविजेता स्याङ्जा विच हुनेछभने दोस्रो खेल समुह वि को विजेता नवलपुर र समुह ए को उपविजेता पर्वत विच हुने बागलुङ जिल्ला क्रिकेट संघका सदस्य एवं प्रतियोगिताका मिडिया फोकलपर्सन अभिषेक कटुवालले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki