Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रहरीलाई साझा चौतारीद्वारा ७ सय मास्क सहयोग

  • ३० श्रावण २०७७, शुक्रबार १५:३६

बागलुङ, २८ साउन ।
मास्क नलगाइ हिड्डुल गर्ने सर्वसाधारणलाई वितरण गर्नको लागि साझा चौतारी युवा सहकारी संस्था लिमिटेड बागलुङले जिल्ला प्रहरी कार्यालय बागलुङलाई मास्क सहयोग गरेको छ ।

कोरोना महामारीको विच देशमा लकडाउन खुकुलो भएपनि संक्रमणको जोखिम बढिरहेकोले सहकारीले आर्थिक अवस्था कमजोर भएर मास्क नलगाइ हिड्ने सर्वसाधरणलाई वितरण गर्नको लागि बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङलाई ७ सय थान मास्क सहयोग गरेको हो । सहकारीका अध्यक्ष मनोज थापाले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपि सारदा चौधरीलाई रु. ५ हजार रुपैयाँ बराबरको ७ सय थान मास्क हस्तान्तरण गर्नुभयो ।

सहकारीका अध्यक्ष मनोज थापाले कोरोना महामारीको अन्त्य भइनसकेकोले राज्यले व्यवस्था गरेअनुसार बाहिर हिड्डुल गर्नको लागि मास्क अनिवार्य लगाउनुपर्ने र नलगाउनेलाई कारवाही हुन थालेपछि आर्थिक अवस्था कमजोर भएकाहरुलाई समस्या भएकाले प्रहरी मार्फत मास्क वितरण गर्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो । उहाँले गस्तीमा हिडेको प्रहरी मार्फत मास्स नलगाइ हिड्डुल गरिरहेका सर्वसाधरणहरुलाई सम्झाएर मास्क वितरण गर्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो ।

उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपि सारदा चौधरीले मास्क नलगाइ हिडेका सर्वसाधारणलाई जरिवाना नगरि सहकारीले सहयोग गरेको मास्क वितरण सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki