Skip to content

follow us

baglungkhabar.tv

15th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी२० क्रिकेट प्रतियोगिताको तयारी पूरा

bk logo final png
  • BAGLUNGKHABAR
  • १८ कार्तिक २०८०, शनिबार १९:४२

बागलुङ, १८ कार्तिक । बागलुङ क्रिकेट संघले आयोजनामा आगामी मंगलबारबाट सुचारु हुन लागेको गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

संघले शनिबार अर्थात आज पत्रकार सम्मेलन गरेर यहि कार्तिक २१ गतेदेखि २५ गतेसम्म बागलुङ बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

बागलुङ क्रिकेट संघका अध्यक्ष विष्णु प्रसाद आचार्यले प्रतियोगितामा गण्डकी प्रदेशका ६ जिल्लाको सहभागिता रहने बताए । उनले नेपाल क्रिकेट संघका सदस्य जिल्लाहरु बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्ला क्रिकेट संघले सहभागिता जनाउने बताए । नकआउटका आधारमा खेलाइने खेलको शनिबार खेल तालिका समेत सार्वजनिक गरिएको छ । बागलुङ, पर्वत र कास्की जिल्ला क्रिकेट संघ समूह ‘ए’ र तनहुँ, स्याङ्जा र नवलपुर समुह ‘बि’मा रहेका छन् ।

प्रतियोगितामा विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । यस्तै विधागत तर्फ म्यान अफ दि सिरिजले १० हजार रुपैयाँ, वेष्ट व्याट्सम्यान र वेष्ट बलरले ५–५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ दि म्याच विजेताले १ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष आचार्यले बताए ।

संघ गठनपछिको संघको यो पहिलो प्रतियोगिता समेत हो । नेपाल क्रिकेट संघ (क्यान)ले गतवर्ष ४५ औं सदस्य जिल्लाको रुपमा बागलुङलाई सदस्यता प्रदान गरेको थियो । प्रतियोगिता सम्पूर्ण खेल म्याटमा खेलाइने र आइसिसिको नियमानुसार नै खेलाइने संघले जनाएको छ ।

संघले प्रतियोगितामा सहभागि हुने पर्वतको टिमलाई १० हजार र बाँकी टिमलाई २५ हजार रुपैयाँका दरले उपलब्ध गराएको छ । टिमहरुले उक्त रकमबाट खाना र आवासको व्यवस्था आफै गर्नुपर्ने संघका सदस्य तथा मिडिया फोकलपर्सन अभिषेक कटुवालले बताए ।

आयोजकले प्रतियोगिता संचालनको लागि १२ लाख ६ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । सम्पूर्ण रकम सहयोगबाट संकलन गरिने संघका उपाध्यक्ष कमल पन्तले बताए । उनले प्रतियोगिता संचालनको लागि बागलुङ नगरपालिकाबाट १ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको र अन्य रकम जिल्लाका अरु स्थानीय तह सहित पूर्व खेलाडी, व्यवसायी र सहयोगीबाट संकलन गरिएको बताए ।

क्रिकेट प्रतिको बढ्दो आकर्षणलाई ध्यान दिएर प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष आचार्यले बताए । जिल्लाको टिम छनोटमा खेलाडीहरुको आकर्षक देखेर उत्साहित बनेको अध्यक्ष आचार्यको भनाई रहेको छ । ‘अहिले क्रिकेट प्रति खेलाडीहरुको आकर्षक लोभलाग्दो छ,’ अध्यक्ष आचार्यले भने,‘प्रतियोगिताको लागि जिल्लाको टिम छनोटमा समेत भारतमा रहेका खेलाडीहरु आएर सहभागिता जनाएका छन् ।

पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले ट्रफी अनावरण पनि गरेका थिए । उनले अन्तराष्ट्रिय स्तरमा खेलकुदले देशको नाम रोशन गरिरहेपनि सरकारी पक्षबाट खेल र खेलाडीको लागि प्रयाप्त बजेट विनियोजित नभएको भन्दै चिन्ता व्यक्त गरे ।

२५ गते बिहान १० बजेदेखि फाइनल खेल प्रतियोगिता हुनेछ । खेल अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को नियमानुसार खेलाइनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

चैत्राष्टमी मेलामा हनुमान नाँच प्रदर्शन गरिने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भर्खरै

बलेवामा अटोरिक्सा दुर्घटना: तीन जना घाईते

बागलुङमा आज देखि गलेश्वर यातायात प्रालि संचालन

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki