Skip to content

follow us

baglungkhabar.tv

20th January 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पाल्पाको जीप दुर्घटनामा ज्यान गुमाएका सबै एकै परिवारका सदस्य रहेको पुष्टि

bk logo final png
  • बागलुङखबर
  • ६ कार्तिक २०८०, सोमबार १०:०२

काठमाण्डाै, ६ कार्तिक ।  पाल्पाको जीप दुर्घटना हुँदा ज्यान गुमाएका ६ जना एकै परिवारका सदस्य रहेका पुष्टि भएको छ । प्रहरीका अनुसार उनीहरू पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका बासिन्दा हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार  दुर्घटनामा श्रीमान्, श्रीमती, सम्धिनी, बुहारी र दुई नातीले ज्यान गुमाएका छन् । देवचुली नगरपालिका-१६ रजहरका ६५ वर्षका कृष्णबहादुर लोहनी र पार्वती लोहनी श्रीमान्, श्रीमती हुनुहुन्छ ।

यस्तै, उहाँकी बुहारी सबिना र दुई नातीहरू ईसव र सबिसको पनि ज्यान गएको हो । यस्तै, सबिनाकी आमा लमजुङ बेसीसहर २ भकुण्डेकी ५५ वर्षीया चुना धितालको पनि ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका चालक ईश्वर लोहनी कृष्णबहादुरका छोरा भएका प्रहरीले जनाएको छ । उहाँको तानसेनमा रहेको युनाइट मिसन अस्पतालमा उपचार भइरहेको छ । हिजो रानीमहल घुमेर फर्किने क्रममा उनीहरु चढेको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जीप पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच भएकोले उद्धारमा कठिनाइ भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा घाइते तथा ज्यान गुमाएकाको उद्धार गरिएको थियो ।

दुर्घटना पछि रजहर गाउँ शोकमा डुबेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

निर्वाचन लक्षित छलफल गर्न बागलुङमा सर्वपक्षीय बैठक

महिला समूहलाई बाख्रा उपहार

धवलागिरि बहुमुखी क्याम्पसको ६३ औं वार्षिकोत्सब आजदेखि सुरु

लोकप्रिय

दृष्टिविहीन महिला टि ट्वान्टी विश्वकप क्रिकेटको उपाधि भारतलाई, नेपाल उपविजेता

सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी

पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना पुष्टि

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

भर्खरै

निर्वाचन लक्षित छलफल गर्न बागलुङमा सर्वपक्षीय बैठक

महिला समूहलाई बाख्रा उपहार

धवलागिरि बहुमुखी क्याम्पसको ६३ औं वार्षिकोत्सब आजदेखि सुरु

धौलागिरी अस्पतालको ६७ औं वार्षिकोत्सब कार्यकम आजबाट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki