पाल्पा, ५ कार्तिक । पाल्पाको पर्यटकीय क्षेत्र रानीमहलतर्फ जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइ नसकेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
पाल्पाका एसपी हेरम्ब शर्मा भन्छन्, ‘बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्धार कठिनाइ भएको छ । दुई सय मिटर तल्लो भागबाट खोला भएर उद्धारका लागि पुग्नु पर्ने भएकाले कठिनाइ भएको छ ।’