Skip to content

follow us

baglungkhabar.tv

4th June 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

लामो पुलमा मेला लागेछ… ! (फोटो फिचर)

  • ३० श्रावण २०७७, शुक्रबार १५:३३

यो तस्विर आज (शुक्रबार)दिउँसो ४ बजेर ३० मिनेटमा बाङ्गेचौरमा रहेको सहिद पार्कको आडको खिचिएको हो । उक्त स्थानमा निर्माण गरिएको बागलुङको बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गको अदुवाबारी जोड्ने नेपालकै लामो ५६७ मिटरको झोलुङ्गे पुल आजदेखि सर्वसाधारणको लागि खुल्ला गरिएको छ । यो तस्विर त्यहि पुल चढ्नको लागि भेला भएका नागरिकहरुको हो ।

पुल निर्माण सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएपनि हस्तान्तरण नै नगरेको स्थितिमा बागलुङ नगरपालिकाले आजदेखि सर्वसाधरणको लागि आवतजावत संचालन गरेको थियो । बागलुङ नगरपालिकाले बिहीबार राती शुक्रबारदेखि पुल खुल्ला गरिएको जानकारी गराएको समाचार संचार माध्यममा आएपछि विहानैदेखि पुलमा भिड लागेको थियो ।

देशमा कोरोनाको महामारीको जोखिम अझै बढिरहेको छ तर बागलुङको पुलमा आज देखिएको भिड हेर्दा बागलुङका जनतामा कोरोनाको कुनै पिर र चिन्ता छैन । पुलको सुरुवातमा को पहिले चढ्ने भन्ने तछाडमछाड देखि रहँदा विचसम्म पुग्दा भने सवैको सातो गएको (डर) प्रष्ट देख्न सकिन्थ्यो ।

निर्माण कम्पनीले सम्पन्न भएको जानकारी गराएको भरमा हस्तान्तरण नै नभएको र उद्घाटन समेत हुन बाँकी रहेको पुल नगरपालिकाले आजदेखि संचालन गर्दा पुल हेर्ना गएका धेरैले अत्याधिक जोखिम रहेको बताएका छन् । नेपालकै लामो रहेको पुल सिंगल स्पानमा निर्माण गरिएको छ । पुलमा आज पहिलो दिन सर्वसाधरणको भिडले अत्याधिक हल्लिएको भनेपनि पुलको क्षमता ८५ टन र ६ सय १२ जनाको रहेकाले पुलको राम्रोसँग परीक्षण नगरि संचालन गरिएको प्रष्ट देखिन्छ ।

पुलमा भिड बढेपछि प्रहरीहरु परिचालन गरिएपनि त्यहाँको भिडलाई उनीहरुले रोकन सकेको देखिएन् । कोरोना न्यूनिकरणको लागि काम गर्नुपर्ने स्थानिय तहको काम रहेको बेला भिड जम्मा गर्ने निर्णय गर्नु नगरपालिकाको अप्रिय र कच्चा निर्णय हो । त्यसलाई अप्रिय घटना घट्नु अगाडी नै नगरपालिकाले बेलैमा सच्चाउनुपर्ने देखिन्छ ।

बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले प्राविधिकको सल्लाहमा पुल संचालन गरिएको बताउनुभयो । उहाँले आज भिड देखिएकोले जरुरी काम बाहेकका अन्यलाई रोक्ने तयारी गरिएको बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो

ट्राफिक सप्ताह २०८० कार्यक्रम भव्यताका साथ सुरु

श्री मेहर गणले जित्यो प्रथम अर्ना जेसिज कप फुटबलको उपाधि

लोकप्रिय

बानपाले क्रिकेटर करण र सुवासलाई नगदसहित सम्मान गर्ने

बागलुङ सिगानाका पुरुषद्वारा पेट्रोल छर्केर आत्मदाहको प्रयास

विश्वकप लिग टु अन्तर्गत नेपालले आज पीएनजीसँग खेल्दै

कस्ता व्यक्ति सधै युवा रहन्छन् ?

भर्खरै

गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु

भारतको ओडिशा राज्यमा रेल दुर्घटनामा परी २३३ यात्रुको मृत्यु

भ्रष्टाचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन जना दोषी ठहर

पोखरामा लागूऔषधसहित १ जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki