Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

लामो पुलमा मेला लागेछ… ! (फोटो फिचर)

  • ३० श्रावण २०७७, शुक्रबार १५:३३

यो तस्विर आज (शुक्रबार)दिउँसो ४ बजेर ३० मिनेटमा बाङ्गेचौरमा रहेको सहिद पार्कको आडको खिचिएको हो । उक्त स्थानमा निर्माण गरिएको बागलुङको बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गको अदुवाबारी जोड्ने नेपालकै लामो ५६७ मिटरको झोलुङ्गे पुल आजदेखि सर्वसाधारणको लागि खुल्ला गरिएको छ । यो तस्विर त्यहि पुल चढ्नको लागि भेला भएका नागरिकहरुको हो ।

पुल निर्माण सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएपनि हस्तान्तरण नै नगरेको स्थितिमा बागलुङ नगरपालिकाले आजदेखि सर्वसाधरणको लागि आवतजावत संचालन गरेको थियो । बागलुङ नगरपालिकाले बिहीबार राती शुक्रबारदेखि पुल खुल्ला गरिएको जानकारी गराएको समाचार संचार माध्यममा आएपछि विहानैदेखि पुलमा भिड लागेको थियो ।

देशमा कोरोनाको महामारीको जोखिम अझै बढिरहेको छ तर बागलुङको पुलमा आज देखिएको भिड हेर्दा बागलुङका जनतामा कोरोनाको कुनै पिर र चिन्ता छैन । पुलको सुरुवातमा को पहिले चढ्ने भन्ने तछाडमछाड देखि रहँदा विचसम्म पुग्दा भने सवैको सातो गएको (डर) प्रष्ट देख्न सकिन्थ्यो ।

निर्माण कम्पनीले सम्पन्न भएको जानकारी गराएको भरमा हस्तान्तरण नै नभएको र उद्घाटन समेत हुन बाँकी रहेको पुल नगरपालिकाले आजदेखि संचालन गर्दा पुल हेर्ना गएका धेरैले अत्याधिक जोखिम रहेको बताएका छन् । नेपालकै लामो रहेको पुल सिंगल स्पानमा निर्माण गरिएको छ । पुलमा आज पहिलो दिन सर्वसाधरणको भिडले अत्याधिक हल्लिएको भनेपनि पुलको क्षमता ८५ टन र ६ सय १२ जनाको रहेकाले पुलको राम्रोसँग परीक्षण नगरि संचालन गरिएको प्रष्ट देखिन्छ ।

पुलमा भिड बढेपछि प्रहरीहरु परिचालन गरिएपनि त्यहाँको भिडलाई उनीहरुले रोकन सकेको देखिएन् । कोरोना न्यूनिकरणको लागि काम गर्नुपर्ने स्थानिय तहको काम रहेको बेला भिड जम्मा गर्ने निर्णय गर्नु नगरपालिकाको अप्रिय र कच्चा निर्णय हो । त्यसलाई अप्रिय घटना घट्नु अगाडी नै नगरपालिकाले बेलैमा सच्चाउनुपर्ने देखिन्छ ।

बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले प्राविधिकको सल्लाहमा पुल संचालन गरिएको बताउनुभयो । उहाँले आज भिड देखिएकोले जरुरी काम बाहेकका अन्यलाई रोक्ने तयारी गरिएको बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki