Skip to content

follow us

baglungkhabar.tv

20th January 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

दसैँले महँगियो आन्तरिक उडान, ९० प्रतिशत बुकिङ्ग

  • २४ आश्विन २०८०, बुधबार ०६:४५

काठमाडौँ । अहिले चाडपर्वको सिजन चलिरहेको छ । यति बेला नेपाली हिन्दुहरूको महान् चाड बडादसैँ मुखैमा आइपुगेको छ ।काठमाडौँ उपत्यका लगायतका विभिन्न सहरी स्थानहरूबाट दसैँ मनाउन घर जाने यात्रुहरू बढेपछि वायु सेवा तथा सवारी साधनमा चाप बढेको छ ।

यति बेला सर्वसाधारण हवाई तथा सवारी साधन खोज्नुपर्ने चपेटामा छन् । सडक तथा हवाई यात्राका लागि पनि टिकट बुकिङ चलिरहेको छ ।सोमबारदेखि मात्रै सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

विगतका वर्षहरूमा पनि दसैँ सुरु हुनुभन्दा अगावै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाएको हो । दसैँमा घर जान र राजधानी फर्किनका लागि सहज होस् भनेर सरकारले बर्सेनि यस्तो व्यवस्था गर्दै आएको छ ।

जुन यात्रा गर्दा पनि सिट सुरक्षित गर्न र अतिरिक्त भाडाको तिर्न नपरोस् भनेर अग्रिम टिकट बुकिङ काट्ने गरिन्छ । सडक यात्रा गर्दा सवारीहरूमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने र चर्को भाडा असुल्ने गरेका छन् । तर, हवाई यात्रा गर्नेहरूको हकमा त सिट क्षमताभन्दा धेरै यात्रु बोक्न सम्भव नभएपछि शुल्कको लागिभन्दा पनि सिट सुरक्षित गर्नकै लागि धेरैले अग्रिम टिकट बुकिङ गर्ने गर्छन् । विभिन्न गन्तव्यका लागि हवाई टिकट बुकिङ करिब ९० प्रतिशत सकिएको वायु सेवा कम्पनीहरूले बताएका छन् ।

अग्रिम टिकट बुकिङ्गसंगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरूले टिकट भाडा पनि ह्वात्तै वृद्धि गरेका छन् । चाडपर्वको बेला घर जानका लागि धेरै यात्रुले हवाई टिकट खोज्ने र बुकिङ गर्ने भएकाले भाडा पनि पनि वृद्धि गर्ने गर्दछन् । यद्यपि, नियमित उडान भइरहेको बेला तथा सामान्य मौसम हुँदा भने टिकटको भाउ सस्तो हुने गर्दछ ।

हवाई सेवा प्रदायक कम्पनी र गन्तव्यका आधारमा टिकटको मूल्य फरक–फरक हुने गरेको छ । नेपालका हवाई सेवाप्रदक कम्पनी यति एयरलाइन्स, बुद्ध, श्री, सौर्य, लगायत सबै एयरलाइन्सले विभिन्न गन्तव्यका लागि भाडा वृद्धि गरेका छन् । अघिपछि नियमित उडान भइरहेको बेला भन्दा दसैँको समयमा टिकट महँगो पर्दछ ।

काठमाडौँदेखि धनगढीको टिकट सबैभन्दा महँगो, छोटो गन्तव्यकै ५ हजार बढी 

दसैँको बेला घर जाँदा काठमाडौँदेखि धनगढीको हवाई टिकट सबैभन्दा महँगो देखिएको छ । उक्त गन्तव्यका लागि १७ हजार भन्दा बढी छ । काठमाडौँदेखि धनगढी जान न्यूनतम पनि ११ हजार रुपैयाँ छ । यद्यपि, अन्य समयमा अर्थात् नियमित उडान भइरहेका बेलामा भने ६/७ हजार रुपैयाँ मात्रै पर्दथ्यो ।

आन्तरिक उडानमा काठमाडौँदेखि दोस्रो महँगो टिकट सुर्खेतको रहेको छ । उक्त गन्तव्यका लागि न्यूनतम ११ हजारदेखि १५ हजार रुपैयाँसम्म पुगेको छ ।

यस्तै, काठमाडौँदेखि नेपालगन्जसम्मको भने न्यूनतम ६ हजार रुपैयाँदेखि १४ हजार रुपैयाँसम्म पुगेको छ । यता, काठमाडौँदेखि सबैभन्दा छोटो दुरीमा रहेको काठमाडौँ–सिमराका लागि भने साढे ४ हजारसम्म पुगेको छ ।

त्यसैगरि काठमाडौँदेखि विराटनगरको लागि १० हजार रुपैयाँ, भद्रपुरको लागि १२ हजारभन्दा बढी, जनकपुरको लागि ६ हजार, पोखराको लागि ६ हजार माथि, भैरहवाका लागि साढे ८ हजार माथि, भरतपुर ५ हजार, राजविराजका लागि साढे ८ हजार बढी पुगेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

निर्वाचन लक्षित छलफल गर्न बागलुङमा सर्वपक्षीय बैठक

महिला समूहलाई बाख्रा उपहार

धवलागिरि बहुमुखी क्याम्पसको ६३ औं वार्षिकोत्सब आजदेखि सुरु

लोकप्रिय

दृष्टिविहीन महिला टि ट्वान्टी विश्वकप क्रिकेटको उपाधि भारतलाई, नेपाल उपविजेता

सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी

पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना पुष्टि

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

भर्खरै

निर्वाचन लक्षित छलफल गर्न बागलुङमा सर्वपक्षीय बैठक

महिला समूहलाई बाख्रा उपहार

धवलागिरि बहुमुखी क्याम्पसको ६३ औं वार्षिकोत्सब आजदेखि सुरु

धौलागिरी अस्पतालको ६७ औं वार्षिकोत्सब कार्यकम आजबाट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki