Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

न्यूयोर्कमा प्रधानमन्त्री ओलीको व्यस्तता

  • ११ आश्विन २०७५, बिहीबार १५:०९

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले अबको केही घण्टामा स‌युक्त राष्ट्र संघको ७३ औं महासभामा सम्बोधन गर्नेछन् । त्यसपछि अाजै राति राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग पनि दुईपक्षीय भेटवार्ता गर्ने छन् ।
राष्ट्र संघको महासभामा भाग लिन आइतबार न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीका त्यसपछिका दिनहरु निकै व्यस्ततामा बिते। उनी शनिबार कोष्टारिका पुगेर नेपाल फर्कनेछन्।

उनले हालसम्म राष्ट्र संघकै मुख्यालयमा चार जना सरकार तथा राष्ट्रप्रमुखसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको रात्रीभोजमा पनि सहभागी भएका छन्।

‘शान्ति स्थापनार्थ कार्य’ (एक्सन फर पिसकिपिङ) को उच्चस्तरीय बैठक र एशिया सोसाइटीको कार्यक्रममा सम्बोधन गरे। त्यसैगरी उनले भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजसँग पनि भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री ओलीले राष्ट्र संघको मुख्यालयमा बुधबार राति बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरे। भेटवार्ताका क्रममा व्यापार, लगानी तथा पर्यटनसहितका बहुक्षेत्रमा सहयोग बलियो बनाउने विषयमा छलफल भएको बताइएको छ।
धानमन्त्री ओलीले क्यानडाका समकक्षी जस्टिन टुडोसँग पनि भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा दुई नेताबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि उच्चस्तरमा भेटवार्ता भएकोमा खुशी व्यक्त गर्दै नेपाल र नेपालीलाई क्यानडा सरकार रक्यानडाका जनताका तर्फबाट प्राप्त सहयोग तथा भूकम्पपछिका समयमा भएका सहयोगका लागि धन्यवाद दिएका थिए।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki