बागलुङ, २६ साउन। बागलुङका विद्यालय तीन दिनका लागि बन्द भएका छन् ।
पछिल्लो समय बालबालिकादेखि अभिभावकसम्म प्रायजसोलाई आँखा पाक्ने रोगको समस्या बढ्दै गएपपछि बागलुङ नगरपालिकाले बागलुङका विद्यालय आजबाट बन्द गर्न लागेको हो ।
बागलुङ नगरपालिका भित्रका सवै सामुदायिक तथा संस्थागत विद्यालय आगामी सोमबार सम्मका लागि बन्द गरिने निर्णय भएको छ । नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षतमा संस्थागत तथा सामुदायिक विद्यालयका प्रध्यानध्यापक सहितको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
बालबालिकामा दिन प्रतिदिन आँखामा समस्या बढ्दै गएपछि स्वास्थ्य संवेदनशीलताका कारण विद्यालय बन्द गर्ने निर्णय गरिएको बागलुङ नगरपालिकाका नगरशिक्षा अधिकारी पोखरेलले जानकारी दिए । पोखेरेलका अनुसार शुक्रबार र आईतबार विद्यालय बन्द हुनेछन । नगरपालिकाले बिदाका अवधिमा पनि बालबालिकालाई आँखाको समस्या हुने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।
यो भाइरस एकबाट अर्कोमा सजिलै सर्ने भएको हुँदा यो भाइरसबाट सजक रहन सबैलाई आग्रह गरिएको छ । यो भाइरस सर्ने भएकाले बिरामीले प्रयोग गरेका कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटकपटक हातमुख धुस्ता सामानको अरूले प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि आँखा नजिक नहेर्ने, डाक्टरलाई जाँच गराएर मात्र औषधिको प्रयोग आदि जस्ता कार्य गरेमा यस भाइरसबाट बच्न सकिने डाक्टरले सल्लाह दिएका छन् ।