काठमाडौं, २३ साउन । अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका ६ कालीखोलालगायत नारायणगढ मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । सडक खुलाउने काम भइरहेको छ ।