Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विद्युतको पहुँच नपुगेका गाउँमा नगरपालिकाले पुर्यायो सोलार बत्ती

bk logo final png
  • BAGLUNGKHABAR
  • २१ श्रावण २०८०, आईतवार ०९:०६

डम्मर बुढा मगर, बागलुङ
“गाउँ अहिलेसम्म अन्धकारमा थियो, नगरपालिकाले सोलार बत्ती दिएपछि अहिले जताततै उज्यालो भएको छ ।” ढोरपाटन नगरपालिका–९ छ्यान्तुङकी थमकुमारी भण्डारी अहिले ७० वर्ष पूरा हुनु भयो । उहाँले अहिलेसम्म टुकी र दियालो बालेर रात कटाउँदै आउनु भएको थियो । वर्षौँदेखि अन्धकारमा जीवन बिताउँदै आउनु भएकी भण्डारीको घर आजभोली उज्यालो बनेको छ ।

ढोरपाटन नगरपालिकाले विद्युतको पहुँचभन्दा टाढा रहेका गाउँमा सोलार बत्ती वितरण गरेपछि छ्यान्तुङ गाउँ उज्यालो बनेको हो । जिल्लाकै सबैभन्दा दुर्गम गाउँ मानिने ढोरपाटन नगरपालिका–९ छ्यान्तुङमा अहिलेसम्म विद्युतको पहुँच पुगेको छैन ।

विद्युतको पहुँच नहुँदा भण्डारीसहित यस गाउँका सयौँ नागरिक अन्धकारमा बस्दै आएका थिए । आफ्नो जीवनकाल टुकी र दियालो बालेरै बितेको भन्दै सोलार बत्ती पाएपछि खुसी हुँदै अब अँध्यारो घर उज्यालो हुँन थालेको भण्डारीले बताउनुभयो । आफूहरु सहर बजारभन्दा धेरै टाढा हुँदा अहिलेसम्म बिजुली बत्ती पाल्न नपाएको गुनासो पोख्दै सोलार बत्ती मट्टी तेल किन्ने खर्च घट्ने र दियालो जम्मा गर्ने झण्झट कम हुने बताउनुभयो ।

उहाँले भन्नुभयो – “अहिलेसम्म कसैले पनि हामीहरुलाई सहयोग गरेको थिएन, यस्तो अँध्यारामो बसेको धेरैले देखेका थिए, अब घर उज्यालो हुने भयो, बल्ल सरकार आएको अनुभूतिभयो, अँध्यारोमा बस्दा कति कष्ट हुन्छ, पहिलेको जस्ते मट्टीतेल पनि अहिले अल्ली कम पाइन्छ, अब मट्टीतेल किन्न र दियालो भाँङ जम्मा गरेर महिनौँ बिताउनु पर्ने छैन ।”

बागलुङको ढोरपाटन नगरपालिका–९ छ्यान्तुङ र वडा नम्बर ६ लामखोरिया लगायत थुप्रै गाउँका स्थानीय अहिले पनि टुकी र दियालोको भरमा रात बिताउँछन् । भौगोलिक विकटताका कारण यहाँ स्थानीय जलविद्युत तथा केन्द्रीय लाइनको पहुँच पुग्न सकेको छैन । वर्षौँदेखि अन्धकारमा बस्दै आएका स्थानीयलाई ढोरपाटन नगरपालिकाले सोलार बत्ती वितरण गरेको छ । सोलार बत्ती पाएपछि स्थानीयमा खुसी छाएको छ ।

नगरपालिकाले हालसम्म पनि विद्युतको पहुँच नपुगेका दुर्गम गाउँ वडा नम्बर ९ को छ्यान्तुङ र वडा नम्बर ६ लामखोरियाका ८० परिवारलाई सोलार वितरण गरिएको नगरपालिकाका कार्यवहाक नगरप्रमुख धनबहादुर कायतले बताउनुभयो । नगरप्रमुखको कोषबाट विपन्न परिवारलाई राहत स्वरुप उज्यालो सोलार वितरण गरिएको उहाँ बताउनुहुन्छ । ढोरपाटन नगरपालिकाको दुर्गम क्षेत्र अझैसम्म पनि विद्युत नभएर अँध्योरोमा जीविका चलाउँदै आएका विपन्न परिवारको समस्यालाई ध्यानमा राखी सोलार बत्ती वितरण गरिएको कायतको भनाइ छ ।

विद्युतकै कारण सहज सञ्चारको पहुँचबाटसमेत टाढा रहेका स्थानीयहरुको समस्यालाई समाधान गर्न केन्द्रीय प्रशारण लाईनको विस्तारको कामसमेत हुन थालेको उहाँले बताउनुभयो । विद्युतको सेवाबाट टाढा रहेका नगरपालिकाका अन्य दुर्गम ठाउँसमेत विद्युत पु¥याउने र केही समय भित्र बाँकी रहेका ठाउँहरुमा सोलार बत्ती वितरण गर्ने उहाँको भनाइछ ।

“ढोरपाटन धेरै पिछडिएको ठाउँ हो, त्यस मध्ये छ्यान्तुङ र लामखोरिया गाउँ झनै विकट छन्, अहिलेसम्म यहाँका स्थानीयले विजुलीको सेवा लिन सकेका छैनन्, अहिलेको युगमा पनि धेरै नागरिक अन्धकारमा बस्नु पर्ने अवस्था दुःखद हो” कायतले भन्नुभयो – “अहिले तत्कालको समस्या समाधानका लागि सोलार बत्ती वितरण ग¥यौँ, अब छिट्टै यो ठाउँमा केन्द्रीय प्रशारण लाइन ल्याउनका लागि पहल गर्छौँ, ढोरपाटनमा केन्द्रीय लाइन ल्याउने काम हुन थालेको छ, त्यहाँ आउँदा साथ यि गाउँहरुमा जडान गर्ने छौँ ।”

लामखोरियाका स्थानीय राममाया विकले अब आफ्ना बालबालिकाले सोलार बालेर पढ्न पाउने भन्दै खुसी व्यक्त गर्नुभयो । गाउँमा धेरै स्कूले बालबालिका रहेको भन्दै उनीहरुले अहिलेसम्म टुकीकै भरमा पढ्दै आएको विकले बताउनुभयो । हातमा मोबाइल भए पनि चार्ज गर्नका लागि टाढा जानु पर्ने बाध्यता रहेको उहाँले गुनासो पोख्नु भयो ।

“गाउँभरी धेरै स्कूल पढ्ने केटाकेटी छन्, अँध्यारो भयो भने सुति हाल्छन्, बिजुली नहुँदा पढ्न पाएका छैनन्, नगरपालिकाले सोलार दिएपछि राति पनि पढ्न पाइने भयो भनेर धेरै खुसी भएका छन्, हामीहरुलाई पनि धेरै खुसी लागेको छ,” उहाँले भन्नुभयो – “गाउँमा बिजुली ल्याउने कुरा चलेको धेरै पहिले हो अहिलेसम्म के भयो थाहा छैन, बिजुली आए त हाम्रो वर्षौँदेखिको मुख्य समस्या समाधान हुने थियो ।”

नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले छ्यान्तुङ, लामखोरिया लगायत अहिलेसम्म विद्युतको पहुँच नपुगेका स्थानमा केन्द्रीय प्रशारण लाइन विस्तार गर्न थालेको छ । आगामी दुई वर्ष भित्रसम्म जिल्लाका सबै स्थानमा केन्द्रीय लाइन पु¥याउने गरि काम गरि रहेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले जानकारी दिनुभयो । ढोरपाटनमा केन्द्रीय लाइन विस्तारका लागि काम सुरु भइरहेको उहाँको भनाइ छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

भर्खरै

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

चौथो जेसिज कपको उपाधि उचाल्दै बिजेता बनेको गहते युवा क्लब। तश्विर : सुजन रेग्मी

चौथो जेसिज कपको उपाधि गहतेलाई

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki