Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

इमेज बचत पीडित संघर्ष समितिद्वारा बागलुङमा राँकेजुलुस प्रदर्शन

bk logo final png
  • BAGLUNGKHABAR
  • २० असार २०८०, बुधबार २०:३१

बागलुङ, २० असार । इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका बचत कर्ताले बचत फिर्ताको माग गर्दै आज बागलुङ बजारमा राँकेजुलुस प्रदर्शन गरेका छन् ।

सहकारीका अध्यक्ष देवकुमार नेपाली बचतकर्ताको १ अर्व भन्दा बढी रकम हिनामिना गरेर फरार भएपछि इमेज बचतकर्ता संघर्ष समिति गठन गरेर संघर्षका कार्यक्रम गर्दै आएको समितिको आव्हनमा सयौँ बचतकर्ताले राँकेजुलुस प्रदर्शन गरेका हुन् ।

बागलुङ नगरपालिका–३ स्थित लाङ्घालीचोकबाट निस्केको राँकेजुलुसलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो ।राँकेजुलुस सहित सयौको संख्यामा निस्केका बचतकर्ताले प्रहरीको घेरा तोड्दै इमेज बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा पुगेका थिए ।

जुलुसमा सहभागी भएका बचतकर्ताले सहकारीका अध्यक्ष देवकुमार नेपाली र नेपाल सरकार विरुद्ध नारा लगाएका थिए ।

जुलुसमा सहभागी भएका बचतकर्तालाई सम्बोधन गर्दै संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले असार २१ गते बागलुङ बजारमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको भन्दै सहभागिताको लागि आव्हन गर्नुभएको थियो ।

उहाँले इमेज सहकारीबाट पीडित बनेका १ हजार २ सय ६० जनाले प्रहरीमा जाहेरी दिएपनि इमेजका अध्यक्षलाई खोज्नको लागि प्रहरीले सक्रियता नदेखाएको, पीडित प्रति राज्य जवाफदेही नभएको भन्दै शसक्त आन्दोनमा जाने तयारी गरेको बताउनुभयो ।उहाँले बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताउनुभयो ।

 

 

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki