Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा धौलागिरी अस्पतालका बिरामीलाई फलफूल वितरण

bk logo final png
  • BAGLUNGKHABAR
  • १८ असार २०८०, सोमबार ०८:०२

बागलुङ, १८ असार । बागलुङमा ‘दिगो विकासका लागि सहकारी’ भन्ने मूल नारा सहित शनिबार १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाईएको छ । दिवसको अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले धौलागिरी अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।

सहकारीको सिद्धान्तमध्य समुदाय प्रति चासो अन्र्तगत जिल्ला सहकारी संघ लिमिटेड बागलुङले नीतिगत व्यवस्था मार्फत समुदायको दिगो विकासमा टेवा पु¥याउनु पर्छ र आफ्ना प्रत्येक निर्णय एवं योजनाले समुदायमा पार्ने प्रभाव बिचार गरी सकारात्मक योगदानका लागि फलफूल वितरण कार्यक्रम आयोजना गरेको संघले जनाएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका सञ्चालक तथा काठेखोला गाँउपालिकावडा नं. ६ का वडाअध्यक्ष वृहस्पती कंडेल, धौलागिरी अस्पतालका वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक देवी भट्टराई, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रबन्धक युवराज त्रिपाठी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङले धौलागिरी अस्पतालमा उपचाररत ७० जना बिरामीलाई फलफूल वितरण गरेको संघका प्रबन्धक सिर्जना शर्माले जानकारी दिनुभयोे । जिल्ला सहकारी संघ लिमिटेड बागलुङले हरेक अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न सामाजिक संघसंस्थामा सहयोग गर्दै मनाउने गर्दछ ।

कार्यक्रम जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जि.सी (अञ्जु) को अध्यक्षता, संघको सञ्चालक खिम बहादुर कार्कीको स्वागत तथा सचिव तेज प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को अगुवाइमा जुलाई महिनाको पहिलो शनिबार विश्वभर सहकारी दिवस मनाईन्छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki