काठमाण्डौ, १२ जेठ । नेपाललाई हराउँदै काजकिस्तान एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेको छ ।
आज शुक्रवार त्रिपुरेश्वरको कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेलमा काजकिस्तानले दुई संस्करणको च्याम्पियन नेपाललाई ३–२ को सेटमा हरायो । नेपालले पहिलो सेट हारे पनि लगातार दोस्रो र तेस्रो सेट जित्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । तर फेरि चौथो र पाँचौँ सेट जित्दै काजकिस्तान फाइनल पुगेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट काजकिस्तानले ३०–२८ ले जित्यो । दोस्रो र तेस्रो सेट नेपालले २५–१६ र २५–१५ ले जित्यो । चौथो र पाँचौँ सेट काजकिस्तानले २५–१८ र १५–७ ले जित्यो ।
अब काजकिस्तानले फाइनलमा आउँदो आइतवार भारतसँग खेल्नेछ । आज भएको पहिलो सेमिफाइनल खेलमा उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनल पुगेको हो ।