Skip to content

follow us

baglungkhabar.tv

28th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रथम जेसिज कप फुटबल : उपाधिको लागि श्री मेहर र बिर गोर्खाली भिड्दै

bk logo final png
  • BAGLUNGKHABAR
  • २२ बैशाख २०८०, शुक्रबार ०९:०५

बागलुङ, २२ बैशाख । बागलुङमा जारी प्रथम अर्ना जेसिज कप २०२३ फुटबल प्रतियोगिताको उपाधिको लागि आज नेपाली सेनाको श्री मेहर गण घोडाबाधे व्यारेक र बिर गोर्खाली युथ क्लब भिड्ने भएका छन् ।

बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा श्री मेहर गणले कालीपुल युनाइटेड क्लब बेनीलाई १–० र दोस्रो सेमिफाइनल खेलमा बिर गोर्खाली युथ क्लबले चिल्ड्रेन लाईफ स्पोट्र्स क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

श्री मेहरलाई फाइनलमा पु¥याउनको लागि लेफ्ट विङगर दिशान्त राईले ६३ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । खेलमा कालीपुल युनाईटेड र श्री मेहरका खेलाडीले गोल गर्ने थुप्रै अवसर पाए पनि खेर फालेका थिए ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा बीर गोर्खाली युथ क्लबले सनसनीपूर्ण जित निकाल्दै फाइनल प्रवेश गरेको हो । दुई गोलले पछि परेको बीर गोर्खालीले खेलको अन्तिम समयमा ५ मिनेटमा तीन गोल गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

चिल्ड्रेनका दिवस छन्त्यालले खेलको २४ औं मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा १–०को अग्रता दिलाएका थिए । ८० मिनेटमा खेलाइएको सेमिफाइनल खेलमा दोस्रो हाफको सुरुवातमै खेलको ४२ औं मिनेटमा चिल्ड्रेनका नाइजेरियन स्ट्राइकर जोन ग्लोरीले गोल गर्दै टिमको अग्रता दोस्रो बनाएका थिए । दोस्रो हाफमा आक्रमण खेल प्रस्तुत गरेको बिर गोर्खालीले खेलको ७२ औं मिनेटमा मिलन साङत्यानले गोल गर्दै अग्रतालाई २–१ मा झारेका थिए । बिर गोर्खालीका सुशिल थापाले ७४ औं मिनेटमा गोल गर्दै खेललाई २–२ गोल बराबरीमा ल्याएपछि पुनः मिलनले खेलको ७६ औं मिनेटमा डिबक्स बाहिरबाट सेकेण्ड बारमा उत्कृष्ट गोल गर्दै फाइनल यात्रा सुनिश्चित गरे ।

बागलुङ जेसिजले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

फाइनल खेल आज हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki