Skip to content

follow us

baglungkhabar.tv

27th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

सन्दीपले एकदिवसीय क्रिकेटमा बनाए विश्व कीर्तिमान

bk logo final png
  • BAGLUNGKHABAR
  • ८ बैशाख २०८०, शुक्रबार १६:२१

काठमाडौं, ८ बैशाख । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने विश्व कीर्तिमान बनाएका छन् । स्पिनर लामिछानेले ओडिआई इतिहासमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने खेलाडी बनेका छन् । एसिसी प्रिमियर कपमा ओमानविरुद्ध अदिल शफिकलाई आउट गर्दै ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाएका हुन् ।

सन्दीपले ४२ खेलमा १ सय विकेट पूरा गरेका छन् । सन्दीपले ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको कीर्तिमान तोडेका हुन् । राशिद खानले ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए । उक्त कीर्तिमान तोड्दै सन्दीप अव ओडिआईमा सर्वाधिक छिटो ४२ बलमा एक सय विकेट लिने पहिलो खेलाडी बनेका हुन् ।

अष्टे«लियाका मिचेल स्टार्कले ५२ खेलमा एक सय विकेट पूरा गरेका थिए । पाकिस्तानका स्पिनर सक्लैन मुश्ताकले ५३ खेलमा, न्युजिल्यान्डका शेन बोन्ड र बंगलादेशका मुश्ताफिजर रहमानले ५४ खेलमा एक सय विकेट लिएका थिए । अष्ट्रेलियाका ब्रेट लीले ५५ खेलमा, न्युजिल्यान्डका टे«न्ट बोल्ट र भारतका मोहम्मद शामीले समान ५६ खेलमा पूरा गरेका थिए ।

सन्दीप ओडआईमा ५० विकेट सर्वाधिक छिटो पूरा गर्ने विश्वकै दोस्रो खेलाडी हुन् । सन्दीपले २२ खेलमा ओडिआईमा ५० विकेट पूरा गरेका थिए । १९ औं खेलमा श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा ५० विकेट लिँदै सर्वाधिक छिटोको कीर्तिमान कायम गरेका थिए ।

सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका सन्दीपले तीन पटक पाँचमाथि विकेट लिएका छन् । सन्दीप ओडिआईमा नेपालबाट एक सय विकेट पूरा गर्ने पहिलो खेलाडी पनि बनेका छन् । सन्दीपले आइसिसी विश्वकप लिग–२ मा २०२० फेब्रुअरी १२ मा टियु मैदानमा सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

सन्दीपले २०२१ सेप्टेम्बर १० मा पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा अल अमरेतमा सन्दीपले ५।१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए । जुन ओडिआईमा नेपालको उत्कृष्ट बलिङ प्रदर्शन हो ।

सन्दीपपछि नेपालबाट ओडिआईमा सर्वाधिक विकेट सोमपाल कामीले लिएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

उच्च अदालत पोखरा बागलुङ इजलासको ६५ प्रतिशत मुद्दा फछ्र्यौट

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki