Skip to content

follow us

baglungkhabar.tv

17th May 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङको जनसंख्या वृद्धिदर ऋणात्मक

bk logo final png
  • BAGLUNGKHABAR
  • १० चैत्र २०७९, शुक्रबार १७:००

बागलुङ, १० चैत । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार बागलुङको जनसंख्या वृद्धिदर ऋणात्मक भएको छ ।

नेपालमा वि.सं. १९६८ (सन् १९११) सालदेखि जनगणना गर्ने काम शुरु भएको र त्यसपछि लगभग प्रत्येक १०÷१० वर्षको अन्तरमा जनगणना सञ्चालन हुँदै आएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २,९१,६४,५७८ रहेको छ, जसमध्ये पुरुषको संख्या १,४२,५३,५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १,४९,११,०२७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात ९क्भह च्बतष्य० अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ रहेको छ । गत २०६८ सालमा कुल जनसंख्या २,६४,९४,५०४ र लैङ्गिक अनुपात ९४.१६ थियो ।

केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार बागलुङको जनसंख्या वृद्धिदर –० दशमलब ७२ प्रतिशत रहेको छ ।

विभागका अनुसार वि.सं. २०७८ को जनगणनामा बागलुङ जिल्लाको जनसंख्या २ लाख ४९ हजार २११ छ । २०६८ को जनगणनामा २ लाख ६८ हजार ६१३ रहेको थियो । तथ्यांक विभागका अनुसार बागलुङमा ६४ हजार १५३ परिवार संख्या रहेको छ ।

तथ्यांक विभागका अनुसार बागलुङका ३४ हजार १५७ जना जनसंख्या र २२ हजार ९२५ परिवार संख्या विदेशमा रहेका छन् । विभागले विदेशमा रहेका र नेपालमा रहेकाहरुको छुट्टाछुट्टै गणना गरेको छ । विभागका अनुसार बागलुङका २८ हजार २९७ पुरुष र ५ हजार ८६९ महिला विदेशमा रहेका छन् ।

बागलुङमा ७ हजार ८११ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको छभने साक्षरता दर ७९ दशमलब ९७ प्रतिशत रहेको विभागले जनाएको छ ।

यस्तै तथ्यांक विभागका अनुसार बागलुङको सबैभन्दा धेरै जनसंख्या बागलुङ नगरपालिका र कम जनसंख्या तमानखोला गाउँपालिकामा रहेको छ ।

तथ्यांक विभागका अनुसार बागलुङको स्थानीय तहमा सवै भन्दा धेरै जनसंख्या बागलुङ नगरपालिकामा रहेको छ । प्रारम्भिक तथ्यांक अनुसार बागलुङ नगरपालिकामा २६ हजार ८० पुरुष र ३० हजार २२ महिला गरी ५६ हजार १०२ जना जनसंख्या र १५ हजार ९२४ परिवार संख्या रहेको छ । यस्तै सवैभन्दा कम जनसंख्या तमानखोला गाउँपालिकामा रहेको छ । तमानखोलामा ४ हजार ५९३ पुरुष र ५ हजार १९८ महिला गरी ९ हजार ९८२ जना जनसंख्या र २ हजार ६११ परिवार संख्या रहेको छ ।

नगरपालिका तर्फ ढोरपाटन नगरपालिकामा १३ हजार ९६७ पुरुष र १६ हजार १०१ महिला गरी ३० हजार ६८ जनसंख्या र ७ हजार ४८५ परिवार संख्या, गलकोट नगरपालिकामा १४ हजार ३७२ पुरुष र १५ हजार २१६ महिला गरी ३० हजार ५८८ जना जनसंख्या र ७ हजार ७१४ परिवार संख्या र जैमिनी नगरपालिकामा ११ हजार २२२ पुरुष र १३ हजार ४०६ महिला गरी २४ हजार ६२८ जना जनसंख्या र ६ हजार ८२८ परिवार संख्या रहेको तथ्यांक विभागले जनाएको छ ।

यस्तै बडिगाड गाउँपालिकामा १३ हजार ४ सय पुरुष र १५ हजार ४३९ महिला गरी २८ हजार ८३९ जनसंख्या र ६ हजार ७४५ परिवार संख्या, बरेङ गाउँपालिकामा ५ हजार १०२ पुरुष र ६ हजार ५२ महिला गरी ११ हजार १५८ जनसंख्या र २ हजार ९२५ परवार संख्या, काठेखोला गाउँपालिकामा १० हजार २५६ पुरुष र १२ हजार २७० महिला गरी २२ हजार ५२६ जनसंख्या र ५ हजार ८९२ परिवार संख्या, निसीखोला गाउँपालिकामा १० हजार ५६० पुरुष र १२ हजार ५५९ महिला गरी २३ हजार ११९ जनसंख्या र ५ हजार ६३५ परिवार संख्या र ताराखोला गाउँपालिकामा ४ हजार ९२२ पुरुष र ५ हजार १९८ महिला गरी १० हजार १२० जनसंख्या र २ हजार ३३७ परिवार संख्या रहेको छ ।

यस क्रममा वि.सं. २०७८ सालको राष्ट्रिय जनगणना नेपालको बाह्रौं र वि.सं. २०७२ सालमा जारी भएको नेपालको संविधान बमोजिमको संघीय प्रणाली पश्चातको पहिलो जनगणना हो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

लोकमार्गको अभियानमा निस्कन लागेको माओवादी टोली

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजबाट सुरू

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा पानी पर्ने

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख

लोकप्रिय

आजको राशिफल

नेतृत्वको महाधिवेशन मंसिरमा, विचारको पछि

महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले आफ्नो अन्तिम खेल यूएईसँग खेल्दै

तीन दिने सहकारी लेखा तथा व्यवस्थापन तालिम सकियो

भर्खरै
लोकमार्गको अभियानमा निस्कन लागेको माओवादी टोली

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजबाट सुरू

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा पानी पर्ने

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki