एजेन्सी : विश्व स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेलको नयाँ कीर्तिमान कायम गरेका छन्।
३८ वर्षिय रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगलले युरोकप छनोटमा लिचेस्टाइनलाई ४-० गोलको फराकिलो अन्तरले हरायो।
रोनाल्डोले यस खेलसँगै राष्ट्रिय टिमबाट पुरुषतर्फ सर्वाधिक १९७ खेल खेल्ने नयाँ रेकर्ड कायम गरेका हुन्। रोनाल्डो अघि कुवेतका खेलाडी बदेर अल मुतावाले सर्वाधिक १९६ खेलको कीर्तिमान कायम गरेका थिए।
युरोकप २०२४ को छनोट खेलमा समूह ‘जे’ मा घरेलु मैदानमा पोर्चुगलको जितमा रोनाल्डोले दुई गोल गरे।
क्यान्सेलो र बर्नाडो सिल्भाको गोलमार्फत खेलमा २-० को अग्रता बनाएको पोर्चुगलको लागि रोनाल्डोले दोस्रो हाफमा दुई गोल थपेका थिए।
यो दुई गोलसँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या १२० पुगेको छ। यो पनि अर्को रेकर्ड हो।