Skip to content

follow us

baglungkhabar.tv

28th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

द्वय क्रिकेटर केसी र भण्डारी गृह जिल्लामा सम्मानित

bk logo final png
  • BAGLUNGKHABAR
  • ८ चैत्र २०७९, बुधबार १७:५५

बागलुङ, ८ चैत । क्रिकेटरद्वय करण केसी र सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्मानित भएका छन्। राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण र यू १९ टोलीका सदस्य सुवासलाई बागलुङ नगरपालिकाले बुधबार सम्मानित गरेको हो।

नगरपालिकाले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने करणलाई १ लाख रुपैयाँ नगद र यू १९ टोलीलाई विश्वकपमा पुर्‍याउने सुवासलाई ५० हजार रुपैयाँ नगदसहित सम्मानित गरेको छ।

खेलाडीलाई सम्मान गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले खेलकुदको विकासमा नगरपालिका सधैं लाग्ने बताए। उनले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने र पूर्वाधार बनाउन प्रतिबद्ध रहेको बताए। ‘नगरपालिका खेल पूर्वाधार बनाउन प्रतिबद्ध छ,ु नगरप्रमुख श्रेष्ठले भने, ‘खेलाडी उत्पादन गर्न र खेलाडीको मनोबल उच्च बनाउनसमेत हामी लाग्नेछौं।’

त्यस्तै खेलाडी सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद दिलमाया पौबीले खेलाडी राष्ट्रका गहना भएकाले उनीहरूको जीवन निर्वाहको लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताइन्।

सम्मानित भएपछि बोल्दै करणले गृह जिल्लामा सम्मानित हुन पाउँदा थप हौसला बढेको र यो सम्मानले जिम्मेवारी थप बढेको र जिम्मेवारीलाई खेलकुदमा रुपान्तरण गर्ने र आशा र भरोसा तोड्न नदिने बताए।

करण बागलुङ नगरपालिका ८ सिगानाका हुनभने सुवास काठेखोला गाउँपालिका १ पालाका हुन्।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki