Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

यूएईलाई पराजित गर्दै नेपाल आईसिसी यू१९ विश्वकपमा छनोट

bk logo final png
  • BAGLUNGKHABAR
  • १८ फाल्गुन २०७९, बिहीबार १८:४९

काठमाडौं, १८ फागुन ।आईसीसी यू १९ विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा घरेलु टिम यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको छ । नेपालले युएर्यलाई ६ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको हो । योसँगै २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकपको नेपालले स्थान बनाएको छ ।

जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । दीपेश कँडेलले ४७ औं ओभरमा (ह्याट्रिक) तीन विकेट लिँदै नेपालको जित पक्का गराएका हुन् ।

युएईका मध्यक्रमका ब्याटर इथान डी सोल्झाले ६६ बलमा ५ चौकासहित सर्वाधिक ५० रनको योगदान दिए । ओपनर अर्यान्श शर्मा ५० बलमा ४ चौकासहित ३२ रनमा सुवास भण्डारीको बलमा बोल्ड आउट भए । पहिलो विकेटका लागि ओपनर अर्यान सक्सेना र अर्यान्शले १७.२ ओभरमा ६७ रनको साझेदारी गर्दै युएईलाई राम्रो सुरुवात दिलाएका थिए ।

सुवास भण्डारीले अयान्शलाई आउट गर्दै पहिलो सफलता दिलाएका थिए । त्यसपछि नेपालले पाँच रनको अन्तरमा थप दुई विकेट लिँदै ७२-३ को अवस्थामा पुर्याएको थियो । चौथो विकेटका लागि ध्रुव र सोल्झाले ४२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

दीपेश कँडेलले अर्का ओपनर अर्यान सक्सेनालाई ६५ बलमा ५ चौकासहित ३४ रनमा दीपक डुम्रेबाट क्याच आउट गराए । सुवास भण्डारीले २२ औं ओभरको अन्तिम बलमा कप्तान आयन खानलाई कप्तान देव खनालबाट शून्यमा क्याच गराएपछि नेपाल खेलमा फर्किएको थियो । स्पिनर दीपेश कँडेलको बलमा विशाल विक्रम केसीले लङअनमा सानदार क्याच लिदै ध्रुव पराशरलाई १७ रनमा पेभेलिएन फर्काएका थिए ।

नेपालका लागि दिपेश कंडेलले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए । सुवास भण्डारीले १० ओभरमा ३९ रन खर्चेर २ विकेट र हेमन्त धामिले ८ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि आजमान रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.५ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो । नेपालका कप्तान देव खनालले ८४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । देव बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

देव स्पिनर अमर बदामीको बलमा कट खेल्ने धुनमा एज लागेर फस्ट स्लिपमा आयनबाट क्याच आउट भएका थिए । देवले कुवेतविरुद्ध १ सय २५ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

एक समय १९–३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि उत्तम थापामगर र देव खनालले ८४ रनको उत्कृष्ट साझेदारी गर्दै खेलमा फर्काएका थिए । उत्तम स्पिनर आयन खान अफ्जलको बलमा एलबीडब्लू आउट हुन पुगेका थिए । उत्तमले ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।

यी दुई ब्याटरपछि भने नेपालबाट राम्रो साझेदारी हुन सकेन । नेपालले लगातार विकेट गुमाई रह्यो र मध्यम योगफलमै रोकियो । नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर दीपक बोहरालाई रोयल डक गुमाउन पुगेको थियो । बोहरालाई तीव्र गतिका बलर हरित हर्ष सिठ्ठीले बोल्ड गर्दै नेपाललाई केहि दबाबमा राखे ।

चौथो ओभरको पाँचौं बलमा नेपालका ओपनर अर्जुन कुमाल तीन रनमा क्याच आउट भए । अर्जुन स्पिनर हर्षितको बलमा क्याच आउट भएका थिए । नेपालका प्रमुख ब्याटर अर्जुन आउट भएपछि सुरुवातमा युएई खेलमा हाबी बनेको थियो ।

हरितले यस प्रतियोगितामा राम्रो प्रदर्शन गरेका तेस्रो नम्बरका ब्याटर आकाश त्रिपाठीलाई ९ रनमा बोल्ड गरे । देव आउट भएपछि तल्लोक्रममा विशालले इनिङ सम्हाल्ल खोजेका थिए । तर विशाल धेरै समय क्रिजमा टिक्न सकेनन् । आयन खानको बलमा विशाल विक्रम केसी ५० बलमा ५ चौकासहित ३८ रनमा एलबीडब्लू आउट भए ।

उनी अम्पारको निर्णयमा असन्तुष्ट ब्यक्त गरेका थिए । त्यसअघि मिलन बोहरा २१ बलमा १ चौकासहित १० रनमा रन आउट भए । हेमन्त धामी १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए ।

दीपेश कँडेलले १५ रनमा आउट भए । युएईका कप्तान आयन खानले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । हरितहर्ष सिट्ठीले दुई विकेट लिए । ध्रुव परासरले ६.५ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki