Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

यू-१९ विश्वकप पुग्ने लक्ष्यसहित यूएइसँग खेल्दै नेपाल

bk logo final png
  • BAGLUNGKHABAR
  • १८ फाल्गुन २०७९, बिहीबार ०८:१६

काठमाडौं, १८ फागुन। आईसीसी यू-१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले घरेलु टोली यूएईसँग निर्णायक खेल खेल्दैछ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा शीर्ष टोली अर्को वर्ष श्रीलंकामा आयोजना हुने यू-१९ विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टोली जितसहित विश्वकपमा पुग्ने लक्ष्यमा रहेका छन् ।

सन् २०१६ पछि कुनै पनि विश्वकप नखेलेको यू-१९ नेपाली युवा टोली यसपटक जसरी पनि छनोट हुने लक्ष्यसहित यूएई पुगेको थियो । यसअघि राउण्ड रोविनका चारवटै खेल जित्दै आत्मविश्वासी बनेको नेपाली यू-१९ टोली अन्तिम खेल जित्दै ८ वर्षपछि यू-१९ विश्वकपमा छनोट हुने लक्ष्यमा छ ।

नेपालले यसअघि सिंगापुरलाई ९६ रनले, कुवेतलाई २४३ रनले, हङकङलाई ९ विकेटले तथा मलेसियालाई १० विकेट हराइसकेको छ । लिगको खेल भएपनि यूएईविरुद्धको खेल फाइनल जस्तै हुनेछ । जित्ने टिम यू-१९ विश्वकपमा पुग्नेछ भने हार्ने टिमको विश्वकप खेल्ने सम्भावना सकिनेछ ।

नेपाल यू-१९ टिमले सन् २०१६ मा पछिल्लो पटक बंगलादेशमा यू-१९ विश्वकप खेलेपछि उमेर समूहको टिमले फेरि विश्वकप खेल्न सकेको छैन । पछिल्लो तीन संस्करणमा नेपाल छनोट हुनै सकेन ।

सन् २०१८ मा अफगानिस्तान र पछिल्ला दुई संस्करणमा भने नेपालका लागि यूएई नै बाधक बनेको थियो ।

२०२० को विश्वकप छनोटमा नेपाल यूएईसँग वर्षाले प्रभावित खेलमा १ रनले पराजित भएको थियो र त्यही १ रनको हार नै नेपालको लागि विश्वकपको ढोका बन्द गर्न निर्णायक बन्यो । गत वर्ष यू-१९ विश्वकप हुँदा कोभिड १९ को कारण एसिया लगायत केही क्षेत्रको छनोट प्रतियोगिता हुन सकेन ।

त्यसकारण आजको खेल दुवै टिमका लागि एकदमै महत्त्वपूर्ण हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki