Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

यू-१९ विश्वकप पुग्ने लक्ष्यसहित यूएइसँग खेल्दै नेपाल

bk logo final png
  • BAGLUNGKHABAR
  • १८ फाल्गुन २०७९, बिहीबार ०८:१६

काठमाडौं, १८ फागुन। आईसीसी यू-१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले घरेलु टोली यूएईसँग निर्णायक खेल खेल्दैछ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा शीर्ष टोली अर्को वर्ष श्रीलंकामा आयोजना हुने यू-१९ विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टोली जितसहित विश्वकपमा पुग्ने लक्ष्यमा रहेका छन् ।

सन् २०१६ पछि कुनै पनि विश्वकप नखेलेको यू-१९ नेपाली युवा टोली यसपटक जसरी पनि छनोट हुने लक्ष्यसहित यूएई पुगेको थियो । यसअघि राउण्ड रोविनका चारवटै खेल जित्दै आत्मविश्वासी बनेको नेपाली यू-१९ टोली अन्तिम खेल जित्दै ८ वर्षपछि यू-१९ विश्वकपमा छनोट हुने लक्ष्यमा छ ।

नेपालले यसअघि सिंगापुरलाई ९६ रनले, कुवेतलाई २४३ रनले, हङकङलाई ९ विकेटले तथा मलेसियालाई १० विकेट हराइसकेको छ । लिगको खेल भएपनि यूएईविरुद्धको खेल फाइनल जस्तै हुनेछ । जित्ने टिम यू-१९ विश्वकपमा पुग्नेछ भने हार्ने टिमको विश्वकप खेल्ने सम्भावना सकिनेछ ।

नेपाल यू-१९ टिमले सन् २०१६ मा पछिल्लो पटक बंगलादेशमा यू-१९ विश्वकप खेलेपछि उमेर समूहको टिमले फेरि विश्वकप खेल्न सकेको छैन । पछिल्लो तीन संस्करणमा नेपाल छनोट हुनै सकेन ।

सन् २०१८ मा अफगानिस्तान र पछिल्ला दुई संस्करणमा भने नेपालका लागि यूएई नै बाधक बनेको थियो ।

२०२० को विश्वकप छनोटमा नेपाल यूएईसँग वर्षाले प्रभावित खेलमा १ रनले पराजित भएको थियो र त्यही १ रनको हार नै नेपालको लागि विश्वकपको ढोका बन्द गर्न निर्णायक बन्यो । गत वर्ष यू-१९ विश्वकप हुँदा कोभिड १९ को कारण एसिया लगायत केही क्षेत्रको छनोट प्रतियोगिता हुन सकेन ।

त्यसकारण आजको खेल दुवै टिमका लागि एकदमै महत्त्वपूर्ण हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki