Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

यू-१९ विश्वकप छनोटमा सिंगापुरमाथि नेपालको विजयी सुरुवात

bk logo final png
  • BAGLUNGKHABAR
  • १२ फाल्गुन २०७९, शुक्रबार १९:१०

काठमाडौं, १२ फागुन । नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरमाथि ९६ रनको सानदार जित हात पार्दै विजयी सुरुवात गरेको छ । जितको लागि २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन बनायो ।

सिंगापुरका आर्यन मोदीले १ सय बलमा २ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए । मोदी रन आउट भएका थिए ।चौथो विकेटका लागि आर्यन र सिद्धान्त श्रीकान्तले ८२ रनको साझेदारी गरेका थिए । सिद्धान्त ८० बलमा १ चौका र १ छक्कासहित ४४ रनमा क्याच आउट भए । स्पिनर सुवास भण्डारीले मिलन बोहराबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । अन्य कुनैपनि सिंगापुरका ब्याटरले नेपाली बलर सामु राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका स्पिनर सुवास भण्डारीले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले ८ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । विशाल विक्रम केसीले ५ ओभरमा १९ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको थियो । नेपालको जितमा शीर्षक्रमका ब्याटर आकाश त्रिपाठीले १ सय बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७८ रनको योगदान दिए ।

आकाशको यो नेपालको कुनैपनि उमेर समूहमा डेब्यू खेल हो । त्यस्तै विशाल विक्रम केसी ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा अविजित रहे । विशालले ४५ बलमा अर्धशतक पूरा गरेका थिए । २०१९ पछि यू१९ टोलीमा फर्किएका विशालले मध्यक्रममा भरपर्दो ब्याटिङ गर्दै बलियो योगफलको आधार तय गरे । विशालले २०१९ मा भारत भ्रमणमा रितको कप्तानीमा नेपाली यू१९ टोलीबाट खेलेका थिए ।

त्यो यू१९ मा यसअघि विशालको अन्तिम भ्रमण थियो । विशालले २०१९ मा मलेसियामा भएको एसिसी यू१९ इस्टर्न रिजनमा रोहित पौडेलको कप्तानीमा सिंगापुरविरुद्ध नेपालको यू१९ टोलीमा डेब्यू गरेका थिए । विशालले २०७६ मा एसिसी इस्टर्न यू१६ रिजनको कप्तानी गर्दै नेपाललाई उपाधि दिलाएका थिए । गतवर्ष राम्रो प्रदर्शन गरेपनि यू१९ एसिया कप टोलीमा परेका थिएनन् ।

दोस्रो विकेटका लागि अर्जुन कुमाल र आकाशले ९३ रनको साझेदारी गर्दै राम्रो योगफलको आधार तय गरेका थिए । अर्जुन कुमाल ६७ बलमा ३ चौकासहित ३७ रन जोड्दै बोल्ड आउट हुन पुगेका थिए । कप्तान देव खनाल पनि २६ बलमा १ चौकासहित २१ रनमा आउट हुन पुगेका थिए । देव अभ्युदय छाजेरको बलमा एलबीडब्लू आउट भए ।

डेब्यू खेल खेलेका दीपक बोहराले १५ बलमा २ चौकासहित १७ रनमा बोल्ड हुन पुगे । ओपनर दीपक बोहरा ५ रनमा आउट हुन पुगेका थिए । विकेटकिपर दीपक डुम्रे १० र मिलन बोहरा ४ रनमा आउट भए । सुवास भण्डारी ८ बलमा १ चौकासहित १२ रनमा अविजित रहेका थिए ।

सिंगापुरका आर्यविर चौधरीले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । अभ्युदय छाजेरले ९ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । आदित्य भार्गव र महियु भाटियाले एक एक विकेट लिए

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ । नेपालले शुक्रबार कुवेतसँग खेल्नेछ । नेपालले फागुन १५ (फेब्रुअरी २७) मा हङकङसँग खेल्नेछ ।

नेपालले फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८(मार्च २) मा खेल्नेछ । यू-१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki