Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

केन्द्रको अस्थिर राजनीतिको प्रभाव प्रदेशमा पर्नु हुँदैनः मुख्यमन्त्री अधिकारी

bk logo final png
  • BAGLUNGKHABAR
  • १२ फाल्गुन २०७९, शुक्रबार १८:५४

बागलुङ, १२ फागुन । नेपाल पत्रकार महासंघ बागलुङले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री अधिकारीले केन्द्रको अस्थिर राजनीतिको प्रभाव प्रदेशमा प्रभाव पर्न नहुने बताएका छन् ।

उनले प्रदेशका समस्याको समाधान गर्ने परिपाटीकाका साथ संघियता ल्याएको बताए । ‘संघियता हामीले ल्याएको हो कसैले दिएको होइन,’ मुख्यमन्त्री अधिकारीले भने,‘ यहाँभित्र समस्या हुन्छ समाधान गर्ने परिपाटीका साथ संघियता ल्यायौं । संघियता भनेको प्रदेश संरचना हो ।’

मुख्यमन्त्री अधिकारीले नयाँ संरचनालाई कसरी प्रभावकारी बनाउन सक्छौं भन्ने विषयमा सवैको ध्यान जान जरुरी रहेको बताए । ‘जहाँ छौं, जसरी गछौं, जे काम गछौं हाम्रो प्रदेशलाई बलियो बनाउनमा गछौं’,’ उनले भने,‘यो नयाँ संरचनालाई तपाइ हामले ल्याएर कसरी प्रभावकारी बनाउन सक्छौं त्यस विषयमा हामी सवैको ध्यान जान जरुरी छ ।’ उनले प्रदेशका केही सिमाहरु रहेको बताए । साझा सुचिमा सुत्रबद्ध भएका अधिकार भन्दा आफ्ना एकल अधिकार थोरै रहेको मुख्यमन्त्री अधिकारीको भनाई छ ।

मुख्यमन्त्री अधिकारीले प्रहरी समायोजन सम्बन्धी ऐन कार्यक्रम, संघिय निजामती ऐन कार्यक्रम, बित्तिय केन्द्रीकरणको उचित व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई भेटेर सुझाव दिएको बताए । उनले प्रदेशले आफ्नो औचित्य पुष्टि गर्ने चुनौतीलाई सामना गर्दै अगाडी बढेको बताए । ‘हामीले १४ वटा मन्त्रालयलाई घटाएर आधा गराएका छौं,’ मुख्यमन्त्री अधिकारलिे भने,‘ नजिकको सरकारले जनताको जिउधनको सुरक्षा गर्ने, मध्यमखालका विकास निर्माण गर्ने, अन्तर प्रदेश समन्वय परिषदको बैठक राखेर प्रदेशका समस्याहरुको समाधान तर्फ केन्द्रीय सरकारलाई ध्यानकर्षण गराउने, पूँजीगत खर्च या उत्पादन तर्फ अगाडी बढाउने गरी जान सकेमा औचित्य पुष्टि हुन्छ ।’

मुख्यमन्त्री अधिकारीले केन्द्रको पछिल्लो राजनीतिक घटनाक्रमले देश अस्थिरता तिर जान्छ की भन्ने रहेको बताए । ‘गठबन्धन गरेर चुनाव लडेपछि देश अस्थिरता तर्फ जान्छ भनेर हामीले भनेको हो,’ मुख्यमन्त्री अधिकारीले भने,‘अहिले ति अस्थिरताका सम्भावनाहरु कमजोर बनुन भनेर हामीले सरकार गठन गरेर तेस्रो शक्तिलाई प्रधानमन्त्री मानेर अगाडी बढेको हो । घरीघरी जुन कुराहरु सुनिन्छन् तिनले जनताको मनोविज्ञानमा राम्रो प्रभाव दिएको छैन, अस्थिरता तिर जान्छ की भन्ने छ ।’

नविन शिशिर विकको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनको स्वागत सहसचिव सिर्जना पन्त र संचालन सहसचिव तारानाथ आचार्यले गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki