बागलुङ, ११ फागुन । नेकपा एमालेले संगठन सुदृढिकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको मिसन ग्रासरुट अभियान बिहीवारदेखि बागलुङमा शुरु भएको छ । बागलुङमा आगामी चैत मसान्तसम्म सञ्चालन हुने मिसन ग्रासरुट अभियानको नेकपा एमालेका केन्द्रीय सचिव, गण्डकी प्रदेश इन्चार्ज एवं पूर्व मन्त्री पद्मा अर्यालले शुभारम्भ गर्नु भयो ।

समाजवादको आधार निर्माण गर्ने पार्टीको दशौ राष्ट्रिय महाधिवेशनको फैसाला कार्यान्वयन का लागि मिसन ग्रासरुट अभियान सफल हुने दावी गर्नु भयो । पार्टीको सिंगो पंक्तिलाई जोड्ने गरी सञ्चालन भएको यो अभियानमा जिल्लाका ८५ वटा वडामा २ सय ५० भन्दा बढी नेता कार्यकर्तालाई जिम्मेवारी दिइएको छ । आफ्नो मतदाता रहेको भन्दा फरक भुगोलमा खटिने गरी नेताहरुलाई यो अभियानको जिम्मेवारी दिइएको एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिनुभयो ।









