पोखरा, ११ फागुन । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं.८ सिगाना घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोक बस्ने वर्ष २३ का अमित खड्का रहेका छन् ।
वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले मंगलबार पोखरा ३० पावरहाउसबाट खड्कालाई पक्राउ गरेको हाे ।
खड्काको साथबाट लागूऔषध डाइजापाम ३३ एम्पुल, फेनेरागन ३३ एम्पुल र नुर्फिन ३३ एम्पुल गरी जम्मा ९९ एम्पुल लागुऔषध बरामद भएको प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।
उनलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद लिएर थपम अनुसन्धान गरिरहेको खड्काले जानकारी दिए ।









