Skip to content

follow us

baglungkhabar.tv

28th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नामिबियाविरुद्धको खेलमा नेपालको सहज जित

bk logo final png
  • BAGLUNGKHABAR
  • ६ फाल्गुन २०७९, शनिबार १७:०१

काठमाडौं, ०६ फागुन। आइसीसी विश्वकप लिग–२ अन्तरगत नामिबियाविरुद्धको खेलमा नेपालले सहज जित हात पारेको छ । नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ३ विकेट र १५ बल बाँकी छँदै पूरा गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य ४७.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्दै नेपालले सानदार जित निकालेको हो । नेपालको जितमा आसिफ र ज्ञानेन्द्रले कीर्तिमानी १३९ रनको साझेदारी गरे । जुन नेपाली क्रिकेटमा हालसम्मकै उच्च साझेदारी हो ।

ओपनर कुशल भुर्तेल ५ बलमा १ रन बनाएर आउट हुँदा आसिफले ९८ बलमा ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ८१ रन जोडे । ज्ञानेन्द्र मल्ले ७४ बलमा ५ चौका र तीन छक्का प्रहार गर्दै ६५ रन जोडे । कुशल मल्ले चौथो विकेटका लागि कप्तान रोहित पौडेलसँग ९२ रनको साझेदारी गर्दै ४९ बलमा ६ चौका र ४ छक्कासहित ६२ रन जोडेर क्याच आउट भए । रोहित ४२ बल ५ चौकाको मद्दतमा ३९ रन बनाएर पभेलियन फर्किए ।

नामिबियाको बलिङमा रुबेन ट्रम्पलम्यानले सर्वाधिक तीन विकेट लिए । बर्नाद स्कोल्जले दुई विकेट लिँदा, ताङगेनी लुङ्गामेनी र पिकी या फ्रान्सले समान एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङ थालेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रनको योगफल तयार पारेको थियो ।

नामिबियाका लागि जेन ग्रिनले सर्वाधिक ७५ रनको अविजित इनिङ खेले । उनले छैटौँ विकेटका लागि पिकी या फ्रान्ससँग ९४ रनको साझेदारी गर्दै ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरे । फ्रान्स ३९ बलमा ४ चौका र ३ छक्कासहित ३९ बलमा ४९ रन बनाएर आउट भए । सोमपाल कामीको बलमा रनआउट हुँदा फ्रान्स अर्धशतक बनाउन चुके ।

ओपनर लोहान्द्रे लोउरेन्स ४१ रनमा आउट हुँदा, कार्ल ब्रिकेनस्टक २० रन र माइकल भान लिङगेन २२ रनमा पभेलियन फर्किएका थिए । कप्तान जेरार्ड इरास्म्स र जान निकोल लोफ्टी–एटन समान १५ रनमा आउट हुँदा रुबेन ट्रम्पलमेन २४ बलमा अविजित रहे ।

नेपालको बलिङमा सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । नामिबियासँग तीन विकेट लिएसँगै सन्दीप लिग २ मा सर्वाधिक विकेट लिने तेस्रो खेलाडी भएका छन् । उनले २३ खेलबाट ५१ विकेट लिएका छन् । त्यसबाहेक करण केसीले नेपालका लागि एक विकेट लिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki