बागलुङ, १२ माघ । धौलागिरी बहुमुखी क्याम्पस बागलुङको ६० औं बार्षिकोत्सवको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पत्रकार महासंघ बागलुङ शाखा बिजयी हुदै प्रथम स्थान हासिल गरेकाे छ ।

फाइनलमा स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पसलाई २–० गोल अन्तरले पराजित गर्दै पत्रकार महासंघ विजयी भएको हो ।खेल धौलागिरी बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न भएको थियाे ।
पत्रकार महासंघका लागि शंकर बिकले पहिलो गाेल गरेका थिए भने दोस्रो गाेल रोहन जिसीले अर्को गोल गरेका थिए ।
यसअघि क्याम्पसका प्राध्यापक र स्ववियुबीचको खेल ३–२ को गोल अन्तरमा स्ववियुले जितेको थियो ।
तीन टिमका बीचमा भएको खेलमा पत्रकार महासंघ बिजेता र स्वतन्त्र विद्यार्थी युनियन उपबिजेता बनेका हुन् ।
क्याम्पसको ६० औं बार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विविध खेलकुद, साहित्य र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको क्याम्पसले जनाएको छ ।









