Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदै

bk logo final png
  • BAGLUNGKHABAR
  • १२ माघ २०७९, बिहीबार ०९:३४

बाग्लुङ्, १२ माघ। वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदैछ । विद्याकी देवी तथा सिर्जनाकी देवीका रूपमा मानिने सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ ।

श्रीपञ्चमीको दिनबाट नै वसन्त ऋतु आरम्भ भएको मानिने हुनाले यस दिनलाई वसन्त पन्चमी पनि भनिन्छ । यस चाडलाई हिन्दु धर्मावलम्बीहरुले विशेष पर्बको रुपमा सरस्वतीको मन्दिर तथा पुस्तकको पूजा गरेर मनाउँछन् । पञ्चांगका अनुसार बसन्त पञ्चमी माघ महिनाको पञ्चमी तिथिमा मनाइन्छ ।

श्रीपञ्चमीको दिनमा बालबालिकालाई अक्षरारम्भ गराए शुभ हुने मानिन्छ र साथै कुनै पनि नयाँ कार्य आज शुरु गर्नु शुभ हुने पनि विश्वास गरिन्छ । यस दिनमा बालकहरुको पहिलो पटक नाक–कान छेड्ने पनि चलन छ ।

आजको दिन शिक्षक, विद्यार्थी, लेखक, कलाकार, पत्रकार आदि सिर्जनाकार हरुले आआफ्ना सिर्जनाका औजारको पूजा गर्नुका साथै सरस्वतीको तस्बीरमा पनि पूजा गर्ने चलन छ । आजको दिन राजधानीका बिभिन्न सरस्वती मन्दिरहरू जस्तै नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ ।

सरस्वतीको बन्दना
सँस्कृत श्लोकमा
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी १
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती ,
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी ,
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी
द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki