धनगढी, १० माघ। आज दिउँसो २ बजेर ४३ मिनेट जादा बाजुरा केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्नीच्युडको भूकम्प गएको छ । बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पले केही घर भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
अहिलेसम्म बडिमालिका नगरपालिका ७ मा १ वटा, ९ मा २ वटा घर भत्किएको विवरण प्राप्त भएको छ भने हिमाली गाउँपालिका वडा नम्बर ६ मा १ वटा विद्यालय भवन र २ वटा घर भत्किएको प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिएका छन् ।
भुकम्पले गर्दा अन्य वडामा टेलिफोन सम्पर्क हुन नसक्दा क्षतिको विवरण प्राप्त गर्न कठिनाइ भइरहेको थापाले जानकारी दिएका छन् ।