Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

उपसभामुखमा राना र यादवको उम्मेदवारी दर्ता

bk logo final png
  • BAGLUNGKHABAR
  • ६ माघ २०७९, शुक्रबार १८:१०

काठमाडौं, ६ माघ । प्रतिनिधि सभाको उपसभामुखमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारको अन्तिम नामावली संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ।

उपसभामुखमा सत्ता साझेदार दलको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र नेपाली कांग्रेसको तर्फबाट मुक्ता यादवको उम्मेदवारी दर्ता भएको छ।

रानामगरले राष्ट्रिय स्वतन्त्र पार्टीका शोभिता गौतमको प्रस्ताव र एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देनको समर्थनमा रानामगर उपसभामुखको उम्मेदवारी दर्ता गरेकी हुन् ।

यादवले कांग्रेसका बद्री पाण्डेको प्रस्ताव र लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरीको समर्थनमा यादव उपसभामुखको उम्मेदवार बनेकी हुन्।

झापाकी रानामगर सांसद् हुनु अघि सामाजिक अभियन्ताका रुपमा कार्यरत थिइन्। रानामगरलाई सन् २०१४ मा स्विडेनकी रानी सिल्भियाले वर्ल्ड चिल्ड्रेन्स अनररी अवार्ड पनि प्रदान गरेकी थिइन् ।

कांग्रेसतर्फबाट उम्मेदवार यादव समानुपातिक सांसद् हुन्। उनी २०७० मा संविधान सभामा सदस्य थिइन्। उनी २०७४ मा दुई वर्षका लागि राष्ट्रियसभा सदस्य बनेकी थिइन् । यादव पार्टीको १४ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बनेकी थिइन्।

सत्ता साझेदार दलमा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी र नेपाल जनमत पार्टी छन् । कांग्रेसलाई एकीकृत समाजवादी लोसपा र राष्ट्रिय जनमोर्चाको साथ छ।

उपसभामुखको चुनाव भोलि शनिबार हुँदैछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki