Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

उपसभामुखमा राना र यादवको उम्मेदवारी दर्ता

bk logo final png
  • BAGLUNGKHABAR
  • ६ माघ २०७९, शुक्रबार १८:१०

काठमाडौं, ६ माघ । प्रतिनिधि सभाको उपसभामुखमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारको अन्तिम नामावली संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ।

उपसभामुखमा सत्ता साझेदार दलको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र नेपाली कांग्रेसको तर्फबाट मुक्ता यादवको उम्मेदवारी दर्ता भएको छ।

रानामगरले राष्ट्रिय स्वतन्त्र पार्टीका शोभिता गौतमको प्रस्ताव र एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देनको समर्थनमा रानामगर उपसभामुखको उम्मेदवारी दर्ता गरेकी हुन् ।

यादवले कांग्रेसका बद्री पाण्डेको प्रस्ताव र लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरीको समर्थनमा यादव उपसभामुखको उम्मेदवार बनेकी हुन्।

झापाकी रानामगर सांसद् हुनु अघि सामाजिक अभियन्ताका रुपमा कार्यरत थिइन्। रानामगरलाई सन् २०१४ मा स्विडेनकी रानी सिल्भियाले वर्ल्ड चिल्ड्रेन्स अनररी अवार्ड पनि प्रदान गरेकी थिइन् ।

कांग्रेसतर्फबाट उम्मेदवार यादव समानुपातिक सांसद् हुन्। उनी २०७० मा संविधान सभामा सदस्य थिइन्। उनी २०७४ मा दुई वर्षका लागि राष्ट्रियसभा सदस्य बनेकी थिइन् । यादव पार्टीको १४ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बनेकी थिइन्।

सत्ता साझेदार दलमा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी र नेपाल जनमत पार्टी छन् । कांग्रेसलाई एकीकृत समाजवादी लोसपा र राष्ट्रिय जनमोर्चाको साथ छ।

उपसभामुखको चुनाव भोलि शनिबार हुँदैछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki