Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

पिएसजीविरुद्धको मैत्रीपूर्ण खेलमा रोनाल्डो बने म्यान अफ द म्याच

bk logo final png
  • BAGLUNGKHABAR
  • ६ माघ २०७९, शुक्रबार १२:००

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध विहीबार भएको मैत्रीपूर्ण खेलमा म्यान अफ द म्याच चुनिएका छन्। रियाद सिजन टोलीको कप्तानी गरिरहेका रोनाल्डोले खेलमा दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

पिएसजीले लिओनेल मेस्सी, नेयमार र किलीयन एमबाप्पेलाई आफ्नो पहिलो रोजाइमा खेलाएको थियो । रोनाल्डोसँगै मेस्सी, नेयमार र एमबाप्पे ६० मिनेटमा परिवर्तन भएका थिए । पिएसजी १० खेलाडीमा सीमित भएपनि ५।४ को अन्तरले जित हासिल गरेको थियो ।

पिएसजीका लागि लिओनेल मेस्सी, किलीयन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले १।१ गोल गरे भने रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले गोल फर्काएका थिए ।

३९ औं मिनेटमा पिएसजी १० खेलाडीमा समेटिएको थियो । जुआन बर्नाटले काउन्टर अट्याकमा अघि बढेको अवस्थामा सलेम अल दसारीलाई लडाएपछि रेफ्रीले सिधै रातो कार्ड दिएका थिए ।

इन्ज्युरी समयमा नेयमारलाई पेनाल्टी क्षेत्र भित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पिएसजीलाई पेनाल्टी दिए । तर नेयमारको पेनाल्टी गोलरक्षक अल ओवाइसले बचाएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki