Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पिएसजीविरुद्धको मैत्रीपूर्ण खेलमा रोनाल्डो बने म्यान अफ द म्याच

bk logo final png
  • BAGLUNGKHABAR
  • ६ माघ २०७९, शुक्रबार १२:००

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध विहीबार भएको मैत्रीपूर्ण खेलमा म्यान अफ द म्याच चुनिएका छन्। रियाद सिजन टोलीको कप्तानी गरिरहेका रोनाल्डोले खेलमा दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

पिएसजीले लिओनेल मेस्सी, नेयमार र किलीयन एमबाप्पेलाई आफ्नो पहिलो रोजाइमा खेलाएको थियो । रोनाल्डोसँगै मेस्सी, नेयमार र एमबाप्पे ६० मिनेटमा परिवर्तन भएका थिए । पिएसजी १० खेलाडीमा सीमित भएपनि ५।४ को अन्तरले जित हासिल गरेको थियो ।

पिएसजीका लागि लिओनेल मेस्सी, किलीयन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले १।१ गोल गरे भने रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले गोल फर्काएका थिए ।

३९ औं मिनेटमा पिएसजी १० खेलाडीमा समेटिएको थियो । जुआन बर्नाटले काउन्टर अट्याकमा अघि बढेको अवस्थामा सलेम अल दसारीलाई लडाएपछि रेफ्रीले सिधै रातो कार्ड दिएका थिए ।

इन्ज्युरी समयमा नेयमारलाई पेनाल्टी क्षेत्र भित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पिएसजीलाई पेनाल्टी दिए । तर नेयमारको पेनाल्टी गोलरक्षक अल ओवाइसले बचाएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki