Skip to content

follow us

baglungkhabar.tv

6th February 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

खेल मैदानमा हेलिकोप्टर ल्यान्ड गर्दा पाइलटमाथि कुटपिट

  • BAGLUNGKHABAR
  • ५ माघ २०७९, बिहीबार १७:४३

स्याङ्जा,  ५ माघ । फुटबल खेलमा प्रतिस्पर्धा चलिरहेकै बेलामा मैदानमा लगेर एकाएक हेलिकोप्टर ल्यान्ड गर्ने हेलिकोप्टरका पाइलटमाथि कुटपिट भएको छ।

बिहीबार अपराह्न स्याङ्जाको वालिङ नगरपालिका–८ मा रहेको खेल मैदानमा प्रथम वालिङ गोल्ड कपमा दोस्रो सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको थियो। मैदानमा खेल चलिरहेकै बेलामा प्रभु हेलिकोप्टर ल्यान्ड गरिएपछि हेलिकोप्टरका क्याप्टेन रमेश डङ्गोलमाथि हातपात भएको हो।

खेलको पहिलो हाफ चलिरहँदा हेलिकोप्टर खेलमैदानमा झारेपछि आक्रोशित युवाले क्याप्टेन डङ्गोललाई हातपात गरेका हुन्।

हेलिकोप्टर वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकोप्टर ४० हजार रुपैयाँमा चार्टर गरेर वालिङ लगेका थिए। उनीहरूको कुटाइबाट क्याप्टेन डङ्गोलको नाक तथा मुखबाट रगत निस्किएको छ।

हेलिकोप्टर ल्यान्ड गर्दा मैदानका खेलाडीहरू भागेकाले ठुलो दुर्घटना हुनबाट भने जोगिएको छ। पाइलट डङ्गोलले भने यात्रुको आग्रहमा बाध्य भएर खेल मैदानमै हेलिकोप्टर अवतरण गरेको बताएका छन्।

अनुमति बिना खेल मैदानमा झारिएको हेलिकोप्टरलाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताएका छन्।

Share

प्रतिक्रिया

थप समाचारहरु

वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदै

बानेश्वरमा आत्मदाह गर्नुअघि आचार्यले समाजिक सञ्जालमा यसरी पीडा पोखेका थिए

बाजुरा केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्नीच्युडको भूकम्प

लोकप्रिय

सिगानामा टिपर दुर्घटना, चालकको मृत्यु

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

आजको मौसम पूर्वानुमान

चुनावी खर्च नबुझाउने बागलुङका उम्मेदवारहरु (नामावली सहित)

भर्खरै

रास्वपा सरकारबाट बाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट समर्थन फिर्ता नलिने

बेनीलाई कालीगण्डकीको कटानबाट जोगाउन पक्की पर्खाल निर्माण कार्य सुरु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: [email protected]

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki