Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

फरवार्ड बेन्जमाले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्न्यास

bk logo final png
  • BAGLUNGKHABAR
  • ५ पुष २०७९, मंगलवार ११:१२

काठमाण्डौं, ५ पौष । फ्रान्सका फरवार्ड करिम बेन्जमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। स्पेनिस क्लब रियल म्याड्रिडका स्ट्राइकर बेन्जमाले कतार विश्वकपको समापनसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्। चोटले पिरोलेपछि उनी विश्वकपबाट बाहिरिएका थिए।

फ्रान्स विश्वकप फुटबलको फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको भोलिपल्ट सामाजिक सञ्जालमा स्टाटस लेख्दै बेन्जमाले अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याउने निर्णय गरेका हुन्।  ‘अब सकियो। मैले अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याएँ’, ३५ वर्षीय बेन्जमाले सामाजिक सञ्जालमा लेखेका छन्। उनले आफ्नो ३५औं जन्मदिनकै अवसरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्।

बेन्जमा ३७ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सका सर्वकालीन गोलकर्ताको सूचीमा पाँचौं स्थानमा छन्। बेन्जमाले सन् २००६ मा फ्रान्सको टोलीमा स्थान बनाएका थिए। उनी २००८ र २०१० को युरोसँगै विश्वकप टोलीका पनि सदस्य थिए। बेन्जमाले नेसन्स लिगको दोस्रो लेगमा डेनमार्कविरुद्ध गत जुनमा खेलेको खेल नै अन्तिम बनेको छ। त्यसपछि उनी फ्रान्सको विश्वकप टोलीमा समावेश भए पनि चोटका कारण खेल्नै नपाई बाहिरिएका थिए।

आइतबार अर्जेन्टिनाविरुद्धको फाइनलका लागि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्नो निजी जेट विमानमा कतार जान आग्रह गरे पनि बेन्जमाले अस्विकार गरेका थिए। उनले सामाजिक सञ्जालमा फ्रान्सको जितका लागि भने शुभकामना दिएका थिए। प्रशिक्षक डिडियर डेस्च्याम्पससँगको खटपटका कारण उनी फाइनल खेल हेर्न कतार नगएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले दाबी गरेका छन्।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki