Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

मेस्सीलाई पछार्दै पेलेजत्तिकै महान खेलाडी बन्ने अवसर एमबाप्पेलाई

bk logo final png
  • BAGLUNGKHABRAR
  • ३ पुष २०७९, आईतवार १४:००

काठमाडौँ, ३ पौष । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनललाई सुपरस्टार लियोनल मेस्सी र कायलियन एमबाप्पेबीचको लडाईका रुपमा हेरिँदैछ । यसअघि समान दुई-दुई पटक विश्वकप जितेका अर्जेन्टिना र फ्रान्सको तेस्रो उपाधि भिडन्त चल्दा फुटबलका दुई महान खेलाडीबीचको लडाई रोचक हुने अपेक्षा छ ।

पेरिस जेन्ट जर्मेन (पीएसजी) का महँगा दुवै स्ट्राइकर उच्च लयमा छन् । मेस्सी करियरको अन्त्यतिर हुँदा एमबाप्पे भने राइजिङ स्टार हुँदै सुपरस्टार बनिसकेका छन् ।

१९ वर्षकै उमेरमा फ्रान्सका लागि विश्वकप जितिसकेका एमबाप्पेसामु उपाधि रक्षा गर्ने मात्रै होइन, लगातार दुईपटक विश्वकप जितेर फुटबलका भगवान मानिने पेलेको कीर्तिमान बराबरी गर्ने अवसर पनि हुनेछ ।

कतार विश्वकपको फाइनल खेल्न गइरहेका एमबाप्पेलाई फ्रान्सकै ठूलो र पेले बराबरकै महान खेलाडी बन्ने अवसर छ ।

फाइनलमा मेस्सी स्तब्ध भएको खण्डमा पेले, म्यारोडोनापछि एमबाप्पे विश्वकै तेस्रो महान खेलाडी बन्नेछन् । कम्तीमा विश्वकप फुटबलको इतिहास र उपाधिका हिसाबमा सर्वाधिक सफल खेलाडीमा एमबाप्पे पर्नेछन् ।

पेलेले तीनपटक विश्वकप जित्दा अर्जेन्टिनाका लागि म्यारोडोनाले दुईपटक विश्वकप जितेका छन् । फ्रान्सका महान खेलाडीमा मिचेल प्लाटिनी र जिनेदिन जिदान मानिन्छन् ।

प्लाटिनीले तीनपटक बालोन डी’ओर अवार्ड जितेका छन् भने जिदानले दुईपटक यो अवार्ड हात पारेका छन् । दुवै जनाले विश्वकप पनि जितेका छन् । त्यसबाहेक फ्रान्सका लागि हालै करिम बेन्जेमाले पनि बालोन डी’ओर अवार्ड जितेका छन् ।

बेन्जेमा क्लब फुटबलमा सफल देखिएपनि विश्वकपमा सफल छैनन् । प्रतिबन्धका कारण रुस विश्वकप खेल्न नपाएका उनले चोटका कारण कतार विश्वकप पनि गुमाए ।

एमबाप्पेले यसपटक विश्वकप जितेमा पहिलोपटक बालोन डी’ओर अवार्ड जित्नेछन् । उनी यसका पहिलो हकदार पनि हुन् । मेस्सीसँग पीएसजीमा खेलेका कारण उनको खेल शैली र कमजोरी एमबाप्पेलाई धेरै राम्रोसँग थाहा छ ।

त्यसमाथि पीएसजीमा हुँदा मेस्सीलाई समेत पछाडि पारेर एमबाप्पेले गोल गर्दै टिमलाई जिताएका छन् । अब त्यो खेल एमबाप्पेले कतार विश्वकपको फाइनलमा देखाउन अनिवार्य छ ।

आफूलाई युवा उमेरमै महान खेलाडीसँग तुलना गरिनका लागि साथै आफूलाई प्रमाणित गर्न पनि फाइनलमा गोल गर्दै फ्रान्सका लागि लगातार दोस्रो र समग्रमा तेस्रो उपाधि जिताउनुपर्ने दबाब एमबाप्पेसामु छ ।

यद्यपी कतार विश्वकप अर्जेन्टिनाले जित्ने फिफाकै पूर्वानुमान र विश्व फुटबलका पारखीहरुको आशालाई कसैले भत्काएर आफ्नो नाम लेख्छ भने त्यो एमबाप्पे हुनेछन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki