Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

के जनावरले विश्वकपको विजेताको भविष्यवाणी गर्न सक्छ?

bk logo final png
  • बागलुङखबर
  • २ पुष २०७९, शनिबार १६:४१

काठमाण्डौं, २ पुस । सन् २०२२ को विश्वकप फुटबलमा अन्तिम दुई खेल बाँकी रहदा तेस्रो स्थानको लागि आज राति क्रोएसिया र मोरक्को भिड्दै छन् भने उपाधिका लागि भोलि अर्जेन्टिना र फ्रान्स भिड्दैछन्।

सबैको चासो अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलमा रहेको छ । अझ विशेषगरी अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई लिएर रहेको छ । के उनी आफ्नो अन्तिम विश्वकपमा विजेता बन्न सक्लान ? लगातार तीन वटा फाइनल हारेका मेस्सीले लगातार तीन वटा उपाधि जित्न सक्लान ? पेले र म्याराडोना जस्तै सर्वकालीन् महान् खेलाडी बन्न सक्लान् उनी? यो अहिले धेरैको चासोको विषय हो।

यस्तै २३ वर्षकै उमेरमा लगातार दुई वटा विश्वकप जितेर के एम्बाप्पेले आफूलाई महान् खेलाडीको सूचीमा उभ्याउन सक्लान ? यो पनि अहिले सर्वाधिक चर्चा तथा चासोको विषय रहेको छ ।

विश्वकपको फाइनल भिडन्तलाई लिएर अहिले विभिन्न अड्कलबाजीहरू भइरहेको छ। भविष्यवाणी गर्न कुकुर, बिरालो, कछुवा, चिल, माछालगायत विभिन्न प्राणीको सहायता लिइएको छ।

अधिकांशले विश्वकप अर्जेन्टिनाले जित्ने पूर्वानुमान गरेका छन्। आजभोलि टिकटकमा यस्ता भिडियो प्रशस्तै देखिन्छ। तर किन होला? के जनावरले विश्वकपको विजेताको भविष्यवाणी गर्न सक्छ? यो सबैको सुरुआत सन् २०१० को विश्वकपबाट भएको हो। त्यसबेलाको ‘पल द अक्टुपस’ले यो ट्रेन्डको सुरु गराएको थियो।

दक्षिण अफ्रिकामा भएको उक्त विश्वकप फुटबलको आठ वटा खेलमा उक्त अक्टुपसले भविष्यवाणी गरेको थियो। त्यसमध्ये आठ वटै खेलको विजेता अक्टुपसले चुनेको टोली भएको थियो। सबैभन्दा रोचक त, नेदरल्याण्ड्सलाई हराउँदै फाइनल खेल स्पेनले जित्छ भनेर पनि उक्त अक्टुपसले भविष्यवाणी गरेको थियो।

यो घटनापछि उक्त अक्टुपस संसारभर चर्चित भएको थियो। त्यसैको सिको गर्दै त्यसयताको हरेक विश्वकपमा जनावरलाई विजेता पूर्वानुमान गर्न लगाए पनि कुनैले पनि पलको स्थान लिन सकेको छैन।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki