Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

पोर्चुगलको खेलमा अर्जेन्टिनी रेफ्री हुनु दुःखद

bk logo final png
  • BAGLUNGKHABAR
  • २५ मंसिर २०७९, आईतवार १४:४६

काठमाडौं, २५ मंसिर । मोरोक्कोसँग पराजित हुँदै विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि पोर्चुगलका रक्षक पेपेले खेलमा अर्जेन्टिनी रेफ्री हुनु दुःखद् भएको कुरा बताएका छन् ।

फर्नान्डो सान्तोसको प्रशिक्षणमा रहेको पोर्चुगल शनिबार विश्वकपको तेस्रो क्वार्टरफाइनल खेलमा मोरोक्कोसँग १-० ले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरियो । कतारको अल थुमामा रंगशालामा युसेफ एन-नेस्रीले पहिलो हाफमा गरेको गोल निणर्ायक बन्दा मोरोक्को अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टोली बन्न पुग्यो ।

क्रिस्टियानो रोनाल्डो दोस्रो हाफमा मैदान प्रवेश गर्नुअघि पोर्चुगलको कप्तानी सम्हालेका पेपे मुख्य रेफ्रीको भूमिकामा रहेका अर्जेन्टिनी रेफ्री फाकुन्डो टेलोप्रति चरम असन्तुष्ट देखिए ।

“यो खेलका लागि अर्जेन्टिनी रेफ्री राख्नु अस्वीकार्य छ । यसबाट म निकै दुःखी छु । मोरोक्को स-साना फाउल गरेर ९० मिनेट नै हामीलाई रोक्ने लक्ष्यमा थियो । तर, यसमा रेफ्रीले कसैलाई पहेँलो कार्ड देखाएनन् । उनले त्यसमा ध्यान समेत दिएनन्,” पेपेले आक्रोश पोखे ।

हारपछि रेफ्रीमाथि आक्रोश पोख्ने पेपे पोर्चुगलका एक्लो खेलाडी होइनन् । मोरोक्कोसँगको हारपछि पोर्चुगलका मिडफिल्डर ब्रुनो फर्नान्डेजले पनि रेफ्री आफ्नो टिमप्रति पूर्वाग्रही रहेको प्रतिक्रिया दिएका थिए ।

पोर्चुगलका मुख्य प्रशिक्षक सान्तोसले भने आफ्नो टोलीले हार व्यहोर्नुमा रेफ्री टेलोको प्रभाव नरहेको बताएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki