Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पोर्चुगलको खेलमा अर्जेन्टिनी रेफ्री हुनु दुःखद

bk logo final png
  • BAGLUNGKHABAR
  • २५ मंसिर २०७९, आईतवार १४:४६

काठमाडौं, २५ मंसिर । मोरोक्कोसँग पराजित हुँदै विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि पोर्चुगलका रक्षक पेपेले खेलमा अर्जेन्टिनी रेफ्री हुनु दुःखद् भएको कुरा बताएका छन् ।

फर्नान्डो सान्तोसको प्रशिक्षणमा रहेको पोर्चुगल शनिबार विश्वकपको तेस्रो क्वार्टरफाइनल खेलमा मोरोक्कोसँग १-० ले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरियो । कतारको अल थुमामा रंगशालामा युसेफ एन-नेस्रीले पहिलो हाफमा गरेको गोल निणर्ायक बन्दा मोरोक्को अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टोली बन्न पुग्यो ।

क्रिस्टियानो रोनाल्डो दोस्रो हाफमा मैदान प्रवेश गर्नुअघि पोर्चुगलको कप्तानी सम्हालेका पेपे मुख्य रेफ्रीको भूमिकामा रहेका अर्जेन्टिनी रेफ्री फाकुन्डो टेलोप्रति चरम असन्तुष्ट देखिए ।

“यो खेलका लागि अर्जेन्टिनी रेफ्री राख्नु अस्वीकार्य छ । यसबाट म निकै दुःखी छु । मोरोक्को स-साना फाउल गरेर ९० मिनेट नै हामीलाई रोक्ने लक्ष्यमा थियो । तर, यसमा रेफ्रीले कसैलाई पहेँलो कार्ड देखाएनन् । उनले त्यसमा ध्यान समेत दिएनन्,” पेपेले आक्रोश पोखे ।

हारपछि रेफ्रीमाथि आक्रोश पोख्ने पेपे पोर्चुगलका एक्लो खेलाडी होइनन् । मोरोक्कोसँगको हारपछि पोर्चुगलका मिडफिल्डर ब्रुनो फर्नान्डेजले पनि रेफ्री आफ्नो टिमप्रति पूर्वाग्रही रहेको प्रतिक्रिया दिएका थिए ।

पोर्चुगलका मुख्य प्रशिक्षक सान्तोसले भने आफ्नो टोलीले हार व्यहोर्नुमा रेफ्री टेलोको प्रभाव नरहेको बताएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki