Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा फेरि एउटा लामो र अग्लो झोलुङ्गे पुल निर्माण

bk logo final png
  • BAGLUNGKHABAR
  • २५ मंसिर २०७९, आईतवार १४:३३

बागलुङ, २५ मंसिर । झोलुङ्गे पुलको जिल्लाको रुपमा ख्याति कमाएको बागलुङमा फेरि एउटा लामो र अग्लो झोलुङ्गे पुल थपिएको छ ।

बागलुङ नगरपालिका–४ कुँडुले फाँटदेखि म्याग्दीको बेनी नररपालिका–१ रत्नेचौर जोड्ने ढोडेनी खोलामाथिमा ३८८ मिटर लामो र १७० मिटर अग्लो पुल निर्माण गरिएको हो । यस अघि बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि नेपालकै लामो र अग्लो झोलुङ्गे पुल गण्डकी गोल्डेन ब्रिज निर्माण गरिएको थियो ।

ढोडेनी खोलामा पुल निर्माण भए पछि एक घण्टाको पैदल यात्रा पाँच मिनेटमा सिमित भएको छ । बर्खामा खोला तर्न र घुमाउरोबाटो धेरै समय खर्च गरेर हिँडन्पर्ने समस्याको अन्त्य भएको बागलुङ नगरपालिका–४ का वडाध्यक्ष कुमार विक्रम क्षेत्रीले बताउनुभयो ।

अहिले पुल अवलोकनका लागि पुग्नेको संख्यामा उल्लेख्यरुपमा वृद्धि भएको छ । पुल निर्माण सम्पन्न भए पनि हस्तान्तरणको मात्रै काम बाँकी रहेको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारीक प्रतिनिधि नरहरी खड्काले जानकारी दिनुभयो । संघीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजन काठमाण्डौले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गत बर्षको असोजमा शिलान्यास गरिएको थियो ।

उक्त पुल निर्माणमा तीन करोड ५० लाख रुपियाँ खर्च भएको छ । सम्झौता मितिको करिब चार महिना ढिला गरी पुल निर्माण सम्पन्न भएको हो । गएको असार मसान्तभित्र काम सक्ने गरी गत वर्षको असोजमा पुल शिलान्यास गरिएको थियो । पुल निर्माणको लागि बागलुङ तर्फ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटा लगायतले करिब डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो ।

म्याग्दी जिल्लाको रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार र व्यापार व्यवसाय लगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा सहजता थपेको छ ।

पुल निर्माणसंगै धार्मिक गन्तव्यको रुपमा विकास भइरहेको बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम संग्रहालय अवलोकन गर्न आउनेको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki