Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विश्वकप फुटबलमाः मोरक्कोको ऐतिहासिक जित (तस्वीरहरू)

bk logo final png
  • BAGLUNGKHABAR
  • २५ मंसिर २०७९, आईतवार ११:४१

काठमाडौँ, २५ मंसिर । मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिवार राति भएको खेलमा पोर्चुगललाई १-० ले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो।

खेलको पूर्वार्धमा नै मोरक्कोले एक गोल गरेको थियो। मोरक्कोका एन नेसरीले ४२ औँ मिनेटमा एक गोल गरेका थिए। यह्या अतिअतको पासलाई सदुपयोग गर्दै उनले ‘हेड’मार्फत गोल गरेका थिए। यो गोलसँगै नेसरी विश्वकपको इतिहासमा मोरक्कोका तर्फबाट सबैभन्दा बडी गोल गर्ने खेलाडी बनेका छन्।​

समग्रमा योपटक मोरक्कोले ३६ वर्षपछि इतिहास दोहोर्‍याउँदै नयाँ इतिहास बनाएको छ। उक्त प्रतिस्पर्धामा पूर्वार्धमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखिएको थियो।

५१ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोलाई मैदानमा उतारिएको थियो। राफेल गुरेरोका ठाउँमा रोनाल्डोलाई मैदानमा ल्याइएको थियो। यसैगरी जोआओ क्यान्सेलोलाई बाहिर पठाई रुबेन नेभेसलाई खेलाइएको थियो।

विश्वकपमा पहिलोपटक क्वार्टरफाइनल यात्रा तय गर्दै नयाँ इतिहास बनाएको मोरक्को जारी विश्वकपकै यात्रा थप लामो बनाउने प्रयासमा मैदानमा उत्रिएको थियो। पोर्चुगलविरुद्ध मोरक्कोले सन् १९८६ को विश्वकपमा समूह ‘एफ’ अन्तर्गतको खेलमा ३-१ ले जितेको थियो।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki