Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

क्वाटरफाइनलमा इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

bk logo final png
  • BAGLUNGKHABAR
  • २५ मंसिर २०७९, आईतवार ०८:३१

एजेन्सी – साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अल बेयत रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराउँदै फ्रान्सले अन्तिम चारमा स्थान पक्का गर्यो ।

औरेलिएन चुआमेनीले फ्रान्सलाई सुन्दर गोलमार्फत अग्रता दिलाए । इंग्ल्यान्डले पहिलो हाफमा गोल गर्ने अवसर सिर्जना गरेपनि गोलरक्षक लोरिसले केहि सुन्दर बचाउ गरे । पहिलो हाफमा फ्रान्सले अग्रता जोगाउन सफल भयो ।

दोस्रो हाफको सुरुवातमै इंग्ल्यान्ड पेनाल्टीमा गोल गर्दै खेलमा फर्कियो । तर जिरुडले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई पुन: अग्रतामा लगे । इंग्ल्यान्डले ६ मिनेट समय बाँकी रहँदा पुन: पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएको थियो । तर केनले त्यसको सदुपयोग गर्न नसक्दा टोली खेलमा फर्कन सकेन ।

खेलको १७ औं मिनेटमा चुआमेनीको गोलमा फ्रान्सले अग्रता लिएको थियो । चुआमेनीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । एन्टोइन ग्रिजमनले दिएको पासलाई चुआमेनीले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दा इंग्लिस डिफेन्स लाइन र गोलरक्षक जोर्डन पिकफर्ड बिट भएका थिए ।

फ्रान्सले अग्रता लिएको ५ मिनेटपछि इंग्ल्यान्डले बराबर गर्ने अवसर पायो । तर इंग्लिस कप्तान ह्यारी केनको प्रहारलाई विपक्षी कप्तान ह्युगो लोरिसले विफल पारे । केनले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डायोट उपामेकानो बिट गरेपछि वन भर्सेस वनको स्थितिमा लोरिसले अघि बढ्दै बचाउ गरे ।

२९ औं मिनेटमा लोरिस पुन: बाधक बने । केनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई लोरिसले डाइभ दिँदै बाहिर पठाए । केनविरुद्ध पेनाल्टी क्षेत्रको ठिक बाहिर उपामेकानोले फल गर्दा भिडियो असिस्टेन्ट रेफ्रीले पेनाल्टी दिएन ।

दोस्रो हाफको सुरुवातदेखि नै इंग्ल्यान्डले खेलमा पकड जमायो । ५४ औं मिनेटमा इंग्ल्यान्ड पेनाल्टीमार्फत खेलमा फर्कियो पनि । ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र चुआमेनीले बुकायो साकालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

७८ औं मिनेटमा फ्रान्सले पुन: अग्रता लियो । ओलिभिएर जिरुडले हेडरमार्फत गोल गर्दै साविक विजेतालाई अघि बढाए । उनले एन्टोइन ग्रिजमनको क्रसमा गरेको हेडर डिफेन्डर ह्यारी मगाएरलाई लाग्दै गोल भएको थियो ।

८४ औं मिनेटमा इंग्ल्यान्डले खेल बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो । थीओ हर्नान्डेजले मेसन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । दोस्रो पेनाल्टी अवसरमा भने कप्तान केन चुके । उनको प्रहार क्रसबारबाट माथि गएको थियो । फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki