दोहा, ९ मंसिर । कतारमा जारी फिफा विश्वकपको पहिलो रातो कार्ड वेल्सका गोलकिपर वाइन हेन्नेसीले पाएका छन्। दोहास्थित मोहम्मद बिन अली रंगशालामा जारी समूह बी अन्तर्गत इरानविरुद्धको खेलको ८५औं मिनेट उनले रातो कार्ड पाएका हुन्।
इरानी फरवार्ड अलिरेजा याहानबाकासलाई गरेको खराब फाउलका कारण ग्वान्टेमालाका रेफ्री मारियो इस्कोबारले रातो कार्ड दिएका हुन्। इस्कोबारले सुरुमा पहेँलो कार्ड देखाए पनि भिडियो रिभ्यू हेरेपछि रातो कार्ड दिएका हुन्।










