Skip to content

follow us

baglungkhabar.tv

29th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

घर फर्के बागलुङका म्यादी प्रहरी

bk logo final png
  • बागलुङखबर
  • ९ मंसिर २०७९, शुक्रबार १७:३९

बागलुङ, ९ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भर्ती गरिएको बागलुङका म्यादी प्रहरी जिम्मेवारी सकेर घर फर्केका छन ।

जिल्ला प्रहरी कार्यालय बागलुङले एक कार्यक्रम गरी उनीहरुलाई विदाई गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले विदा हुने म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

आम निर्वाचनको लागि असोज २८ गते बागलुङमा एक हजार १३५ जना म्यादी प्रहरी भर्ना गरिएको थियो । आम निर्वाचनको सुरक्षा व्यवस्थापनमा म्यादी प्रहरीको महत्वपूर्ण भूमिका रहेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले उल्लेख गर्नुभयो ।

जिल्लामा म्यादी प्रहरीको कारण सुरक्षा व्यवस्थापनमा समस्या र्सिजना तथा विवाद र गुनासो नभएको उहाँको भनाई थियो । चालिस दिने कार्य अवधिमा सिकेको ज्ञान, सिप र तालिमले व्यक्तिगत तथा सामाजिक जीवनमा सुन्दरता भर्ने सिडियो ढकालको भनाई थियो ।

सुरक्षा बलको तालिमले मेहनत, परिश्रम, अनुशासन र समय व्यवस्थापन सिकाएको म्यादी प्रहरी पूर्णिमा विकले बताउनुभयो । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराएर घर फर्किदा खुसी लागेको विकले बताउनुभयो । ‘हामीले आफ्नो जिम्मेवारी पुरा गरेर घर फर्किएका छौँ’ उहाँले भन्नुभयो–‘तालिममा सिकेका ज्ञान, सिपलाई समाजको शान्ति सुरक्षा व्यवस्थापन, विवाद हल गर्न प्रयोग गछौँ ।

म्यादी प्रहरीले सुरक्षा व्यवस्थापनमा कुनै सकर बाँकी नराखेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी दयाधिनी ज्ञवालीको भनाई थियो । विदाई भएका म्यादीलाई आफ्नो योग्दा अनुसार सुरक्षा बलमा जोडिन उहाँले आग्रह गर्नुभयो । ‘आजदेखि तपाईहरु पूर्वप्रहरी हो’ एसपी ज्ञवालीले भन्नुभयो–‘विना बर्दीको प्रहरी बनेर शान्ति सुरक्षा व्यवस्थापनमा योगदान गर्नुहोस ।’ विदाई क्रममा केक काटिएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki