Skip to content

follow us

baglungkhabar.tv

18th December 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा दिउँसो साढे ३ बजेदेखि मतगणना हुने

bk logo final png
  • बागलुङखबर
  • ५ मंसिर २०७९, सोमबार १३:५४

 बागलुङ, ५ मंसिर। बागलुङ निर्वाचन क्षेत्र नम्बर १ को मत गणना आज दिउँसोबाट हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ मा राजनीति दल र उम्मेदवारका प्रतिनिधिसहितको सर्वदलिय बैंठकले आज दिउँसो ३ बजेर ३० मिनेटबाट मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिनुभयो । मतगणना जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा हुनेछ । मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको छ ।

बागलुङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसी, नेकपा एमालेका डा. सुर्यप्रसाद पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेलको मुख्य प्रतिस्पर्धा रहेको छ । प्रतिनिधिसभा सदस्यका लागि बागलुङ १ मा ६ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १ जना स्वतन्त्र उम्मेदवार छन् ।

यस्तै क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्य (क) तर्फ सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका दिपेन्द्र बहादुर थापा र नेकपा एमालेका हिरा बहादुर केसी विच मुख्य प्रतिस्पर्धा रहेको छ । प्रदेशसभा (क)मा पाँच जनाको उम्मेदवारी परेको छ । जसमध्ये १ जना स्वतन्त्र उम्मेदवार छन् ।

यस्तै प्रदेशसभा सदस्य (ख) तर्फ सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका डिल्लीराम सुवेदी र नेकपा एमालेका नवराज पौडेल विच प्रतिस्पर्धा रहेको छ । प्रदेशसभा (ख) मा चार जनाको उम्मेदवारी परेको छ । बागलुङ क्षेत्र नम्बर १ मा अस्थायी मतदाता सहित ९७ हजार ४ सय ५८ मतदाता मध्य ५१ हजार ६ सय ६६ (५३.१ प्रतिशत) जनाले मतदान गरेका छन् ।

बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को मत गणना दिउँसो ३ बजे देखि हुनेछ । मतगणना ढोरपाटन नगरपालिका–१ मा रहेको बुर्तिबाङ नयाँ शहर आयोजनाको सभाहलमा हुने भएको छ । मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य

बागलुङमा मेयर कप फुटबलको ट्रफी सार्वजनिक

यसरी भर्नुहोस् अमेरिका जाने ईडीभी फाराम

माडीमा नेपालकै अग्लो चक्रशिला स्थापना

भर्खरै

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

पोर्चुगलले जित्यो यु१७ विश्वकप फुटबलको उपाधि

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki