Skip to content

follow us

baglungkhabar.tv

30th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सर्कुवामा मतदान स्थगित, मतपत्र च्यातियो

bk logo final png
  • BAGLUNGKHABAR
  • ४ मंसिर २०७९, आईतवार १६:०६

बाग्लुङ, ४ मङसिर । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाको जनता मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

विहान ७ बजे शान्तीपूर्ण रुपमा मतदान सुरु भएको जनता माविमा दिउँसो २ बजे एक पक्षले मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि मतदान स्थगित भएको मतदान अधिकृत कृष्ण प्रसाद ढकालले बताए । उनले हस्ताक्षरविना मतदान भएको भन्ने हल्ला भएपछि एक समुह मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेको बताए । ‘अहिले मतदान स्थगित भएको छ,’ मतदान अधिकृत ढकालले भने,‘अहिले बुध प्रहरीको नियन्त्रणमा छ । हामी पनि मतदान भित्रै छौं । मत च्यात्नेहरु मतदानस्थल बाहिर छन् ।’ मतपत्र च्यात्ने कुन पार्टी र समुहको हो भन्ने थाहा नभएको मतदान अधिकृत ढकालले बताए ।

मतदान अधिकृत ढकालले कति मतपत्र च्यातिएको भन्ने एकिन हुन नसकेको बताए । उनले हल्ला भएजस्तो हस्ताक्षर विनाको मतपत्र नरहेको बताउँदै पुनः मतदान सुरु गर्नको लागि सर्वदलिय बैठक बस्ने तयारीमा रहेको बताए । मतदान अधिकृत ढकालले मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग नियमित सम्पर्कमा रहेको र उहाँहरुको सल्लाह बमोजिम अगाडी बढ्ने बताए ।

१ हजार ९ सय ४९ मतदाता रहेको सर्कुवामा दिउँसो २ बजेसम्म ७ सय १० मत खसेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki