Skip to content

follow us

baglungkhabar.tv

30th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ कारागारमा ९८ दशमलव ५ प्रतिशत मतदान

  • बागलुङखबर
  • ४ मंसिर २०७९, आईतवार १२:२७
अस्थायी मतदान केन्द्र जिल्ला कारागारमा मतदान गर्दै कैदीबन्दी र निजामती कर्मचारी। तस्बिर : रामु जि सी

बागलुङ, ४ मंसिर ।  अस्थायी मतदान केन्द्र रहेको बागलुङ जिल्ला कारागारमा ९८ दशमलव ५ प्रतिशत मत खसेको छ। बागलुङ नगरपालिका-१ मा रहेको बागलुङ जिल्ला कारगारमा कायम गरिएको अस्थायी मतदान केन्द्रमा  ६६ जना कैदीबन्दी र अस्थायी मतदाताले मतदान गरेका छन्।

कारागार प्रमुख तथा निर्वाचन अधिकारी दिलबहादुर केसीले ९८.५ प्रतिशत मत खसेको बताए। उनले ६७ जना अस्थायी मतदातामध्ये ५१ जना कैदीबन्दी र १५ (कर्मचारी) अस्थायी मतदाता नामावलीमा नाम समावेश रहेको समेत गरी ६६ मत खसेको बताए। उनले १ जना कैदीबन्दी जिल्ला बाहिर रहेकाले मतदान गर्न नआएको बताए।

बागलुङ जिल्ला कारागारमा हाल ११ महिलासहित १७२ जना कैदीबन्दी रहेका छन्। अन्य कैदीबन्दीको मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न पाएनन्।

कारागारमा रहेका कैदीबन्दीहरुका लागि कारागारमै अस्थायी मतदान केन्द्र कायम गरिएको थियो। कारागार प्रमुख तथा निर्वाचन अधिकारी केसीले १ जना मतदाता जिल्ला बाहिर रहेकाले मतपेटिका भने बेलुकी ५ बजेसम्म नै मतदान केन्द्रमा राखिने बताए।

उनले कारागारमा दलका प्रतिनिधिहरुको रोहवरमा मतदान कार्य सम्पन्न गरिएको बताए।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki