Skip to content

follow us

baglungkhabar.tv

27th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एकदिवसीय सिरिज उपाधि नेपाललाई

bk logo final png
  • BAGLUNGKHABAR
  • २ मंसिर २०७९, शुक्रबार १९:२२

काठमार्डौं, २ मङ्सिर। ब्याटिङमा आशिफ शेख र ज्ञानेन्द्र मल्ल चम्किएपछि संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो ।


जितसँगै नेपालले तीन खेलको सिरिज २–१ ले जितेको हो । नेपाल पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले यूएईलाई तीन विकेटले हराएको थियो । अघिल्ला दुई खेलमा कमजोर ब्याटिङलाई निरन्तरता दिएको नेपालले तेस्रो तथा अन्तिम खेलमा भने ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

जितका लागि यूएईले दिएको एक सय ७७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४१.१ ओभरमा चार विकेटको क्षतिमा एक सय ८० रन बनाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि आशिफ शेखले अविजित ८८ रन बनाएका थिए । एक सय १९ बलको सामना गरेका शेखले १२ चौकाको सहयोगमा अर्धशतकीय पारी खेलेका थिए । आशिफ ‘प्लेयर अफ दि म्याच’ भएका थिए ।

त्यस्तै ज्ञानेन्द्र मल्लले ७३ बलमा सात चौका र तीन छक्काको सहयोगमा ६४ रन, कप्तान रोहित पौडेलले १० रन बनाएका थिए भने ओपनर अर्जुन साउद नौ रनमा आउट भएका थिए । बलिङमा यूएईका हाजार्ट विलाल र आयान अफ्जल खानले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले  ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो । यूएईका लागि आयान अफ्जल खानले अविजित सर्वाधिक ५४ रन बनाए । १७ वर्षीय अलराउन्डर आयान  ‘प्लेयर अफ दि सिरिज’ बनेका थिए । उनले ५० हजार रुपियाँ पुरस्कार पाएका थिए । ।

यस्तै आलिसान सरफुले ३३, रोहन मुस्ताफाले २४, हाजार्ट विलालले अविजित २० र मुहमद वासिमले ११ रन बनाएका थिए । बलिङमा नेपालका गुल्सन झा, दीपेन्दसिंह ऐरी र कुशल भुर्तेलले दुई दुई विकेट लिएका थिए भने सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki