Skip to content

follow us

baglungkhabar.tv

27th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेपालले टस जितेर फिल्डिंग गर्दै

bk logo final png
  • BAGLUNGKHABAR
  • २ मंसिर २०७९, शुक्रबार ०९:२१

काठमाण्डौं, २ मंसिर । घरेलु टोली नेपालले तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज शुक्रबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा नेपालले टस जितेर युएईलाई ब्याटिंगको निम्तो दिएको छ । खेल बिहान ९ बजे सुरु हुनेछ ।

खेलमा नेपालले फास्ट बलर करन केसीलाई बाहिर राख्दै टप अर्डर देब्रे ब्याट्सम्यान तथा अफ स्पिनर हरि शंकर शाहलाई मौका दिएको छ ।

नेपालको अन्तिम एघार ः रोहित पौडेल ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दिपेन्द्र ऐरी, आसिफ शेख ( विकेटकिपर) , सोमपाल कामि, अर्जुन साउद, गुल्सन झा, हरि शंकर शाह, कुशल भुर्तेल, ललित राजबंशी रहेका छन ।

नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रूपमा रहेको छ । किनकि तीन खेलको सिरिज १।१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।

यस्तोमा अन्तिम खेलमा दुवै टोली जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा रहेका छन । नेपाल आजको खेल जित्दै सिरिज २।१ ले जितेर इतिहास कायम गर्न चाहन्छ । नेपालले यस सिरिज जितेमा घरेलु भूमिमा नेपालले पहिलो पटक दुई देशीय सिरिज जित्ने छ ।

पपुवा न्यू गिनीसँग नेपालले यसै वर्ष पहिलो एक दिवसीय सिरिज घरेलु भूमिमा खेलेको थियो । दुई खेलको उक्त सिरिज नेपालले २।० ले हारेको थियो ।

यूएई पनि नेपाललाई घरेलु मैदानमा पराजित गरी सिरिज जित्न चाहन्छ । २०१९ मा नेपालले युएईलाई उसकै घरेलु भूमिमा पराजित गरी तीन खेलको सिरिज २।१ ले जितेको थियो ।

नेपाल र युएईबीचको यस खेल नवौँ खेल हो । हालसम्म खेलिएको ८ खेलमा युएईले ५ पटक जितेको छ भने नेपालले तीन पटक आफ्नो बनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki